पोखराको हर्पन खोलामा ज्यान गुमाएका कुँवरको अन्तिम संस्कार आज

 

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराको हर्पन खोलामा डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफैँ डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरी जवान बलबहादुर कुँवरको आज अन्तिम संस्कार गरिने भएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ साबिकको ठुलीपोखरी–७ का कुँवरको आज मोदीवेणी घाटमा अन्तिम संस्कार गरिने भएको हो ।

उनको मङ्गलबार नै शवपरीक्षणसहित जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिएको छ । आज प्रहरीले अन्तिम सलामी अर्पण गर्ने कार्यक्रम रहेको र गाउँबाट आफन्तजन आइसकेपछि सलामी अर्पण गरेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो । २५ वर्षीय कुँवरको मृत्युले उनको परिवारका साथै सिङ्गो ठुलीपोखरी गाउँ शोकमग्न बनेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button