१३ औं सागमा पोखरामा पाँच खेल हुने

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा पाँच खेल हुने भएको छ । १३ औ सागको तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितीले पोखरामा पाँच खेल हुने जानकारी दिएको हो ।

१३ औ साग खेलकुद पुर्वाधार निर्माण समितीका सचिव रिम वहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पाँच खेलहरुमा भलिवल, ह्याण्डवल, महिला फुटबल, आर्चरी र ट्रायथोलन खेलहरु प्रस्तावित गरिएको वताए । उनले प्रस्ताव गरिएका खेलहरु पोखराका लागि उपयुक्त रहेको र पुर्वाधारका हिसावले समेत आयोजना सक्षम रहेको वताएका थिए ।

कास्की जिल्लाका विभिन्न खेल पदाधिकारीहरु संगको अन्तक्रियामा स्थानिय पदाधिकारीले भने अझै पनि काठमाडौंको केन्द्रिकित मानसिकता हावी रहेको भन्दै असुन्तुष्टी पोखेका थिए । उनीहरुले पोखरामा १३ औ सागको उद्घाटन वा समापन कार्यक्रम मध्ये एक पोखरामा आयोजना गर्नु पर्नेमा जोड दिंदै पोखरामा कम्तिमा पनि १० खेल आयोजना गर्न सकिने वताएका थिए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले पोखरामा जनस्तर बाटै खेल प्रतीको चासो रहेको र प्रस्तावित पाँच खेलमा अझै थप्न आग्रह गरे । उनले पोखरा १३ औं सागका लागि हरेक हिसावले सक्षम र उपयुक्त थलो समेत रहेको वताउँदै टिम गेम बाहेक एकल खेल समेत समावेश गर्न आग्रह गरे । उनले पोखरामा टेनिस, साइक्लिङ्ग र व्याडमिन्टनको समेत उत्तिकै सम्भावना रहेको वताएका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ्गले पोखराले कुनै पनि खेल सञ्चालन र सम्पादन गर्न सक्ने भनाई राख्दै यथसिघ्र पुर्वाधार निर्माण सुरु गर्न आग्रह गरे । उनले जोड दिंदै भने ‘अव पनि पुर्वाधार निर्माण गर्न ढिलाई गर्ने हो भने प्रतियोगिता संचालनमा वाधा पुग्न सक्छ र त्यही वहाना बनाएर प्रतियोगिताहरु राजधानी केन्द्रित गर्न चलखेल सुरु हुन्छ यसमा सबै सचेत हुन आवश्यक छ ।’

सो आवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी , जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङ्ग, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बराल लगाएतले पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न सुझाएका थिए ।१३ औं सागको तयारीका लागि पोखरा आएको टोलीले पोखरामा निर्माणाधिन पुर्वाधारहरुको निरिक्षण समेत गरेको थियो ।

१३ औ दक्षिण एशियाली खेलकुदमा नेपालमा २५ खेलहरुका लागि प्रस्तावित गरिएको छ र सन २०१९ मार्च ९ देखि १८ सम्म हुँदैछ । नेपालमा पहिलो दक्षिण एशियाली खेलकुद १९८४ मा भएको थियो । नेपालका लागि भने १३ औं साग आयोजनाका हिसावले तेश्रो हो ।
रंगशाला फोटो : गोल नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button