साउन ८ गते देखि पोखरा क्षेत्रमा हर्न बजाए ५ सय जरिवाना

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

१ सय १९ स्थानमा नो हर्ज जोन साइनबोर्ड राखिने

आगामी साउन ८ गते पछि पोखरा क्षेत्रमा हर्न बजाय ५ सय रुपैया जरिवाना लाग्ने भएको छ । आकस्मिक र घुमाउरो बाटोबाहेक अन्य बेला साउन ८ गते पछि हर्न बजाए पहिलो पटकमा पाँच सय जरिवाना गरिने भएको कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले बताए ।

बुधबार पोखरामा आयोजना भएको ट्राफिक व्यवस्थापनमा संचारकर्मीको भुमिका विषयक अन्तरकृया कार्यक्रममा एक महिनाको ट्राफिक सम्बन्धि कार्ययोजना माथि छलफल गर्दै प्रहरी निरिक्षक अधिकारीले महानगर क्षेत्रमा नो हर्न जोन बनाउन आफुहरु कटिबद्ध भयर लागेको बताएका हुन । उनका अनुसार पोखरा क्षेत्रमा एक सय १९ वटा स्थानमा नो हर्न जोनका साईड बोर्डहरु राखिदैछ । साउन ३ गते देखि कारबाही गर्ने तयारी गरी राख्दा छोटो समयमा उक्त अभियानको सचेतनाको समय सिमा कम भएको गुनासो आएकोले केही दिन पछि गरी साउनको ८ गतेबाट उक्त अभियान सफल पार्न आफुहरु कडाईका साथ सडकमा उत्र्रिने तयारी गरेको अधिकारीले जनाए ।

उनका अनुसार एक पटक कारबाही गरेकाले दोश्रो पटक उलंघन गरे एक हजार र त्यो भन्दा बढी पटक उल्लघन गर्नेलाई एक हजार ५ सय रुपैयाँसम्म जरिवाना गराईने भएको छ । चर्को हर्न प्रयोग गर्दा मानिसको श्रवण शक्तिमा असर पर्ने, बालबालिकालाई असर पर्ने, ध्वनी प्रदुषण हुने, बहिरोसम्म हुने प्रहरी निरिक्षक अधिकारीले बताए । ट्राफिक सम्बन्धि नियमहरु पालना गर्न गराउन आम जनताहरुमा सचेतना आवश्यक भएको समेत उनले बताए ।

कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक विष्णुहरी गौतमले ट्राफिकमा विकराल समस्या भएको बताए । उनले भने “ पश्चिमाञ्चल क्षेत्रमा हाल २४ घण्टामा एक जना भन्दा बढीको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।” समयमै ख्याल नगर्दा धेरै जनाको अंग भंग हुने गरेको समेत उनले बताए । उनले भने“ सडकमा कति सवारी आवश्यक छ, त्यसको आधारमा सडकको स्तरउन्नती गर्नु पर्यो । ” केहि निजी स्वार्थले गर्दा सडक दुर्घटना हुने गरेको एसएसपी गौतमले दाबी गरे । नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले सडक दुर्घटनाको कारण सडकमा हुने खाल्टा खुल्टी पनि एक भएकोले त्यसलाई समयमै व्यबस्थापन गर्न जोडदार माग गरे । नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वयमा भएको कार्यक्रममा महासंघ कास्कीका सल्लाहकार वद्रीविनोद प्रतिक, महासघं कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले वोल्दै नो हर्न जोन अभियान सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा सहभागि विभिन्न व्यवसायी तथा संचारकर्मीहरुले आवश्यक पुर्वाधार निमार्ण विना नो हर्न जोन अभियान ल्याएको गुनासो गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button