पोखरा न्युज –

पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले नयाँ आर्थिक बर्षको बजेट ४ अर्व ३ करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।
कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट रु एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट रु दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ । पोखरा—लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले आर्थिक बर्ष २०७४÷२०७५ को नीति तथा कार्यक्रमको बारेमा विहिबार पोखरामा जानकारी गराउदै उक्त बजेट प्रस्ताव गरेका हुन ।
मेयर जिसीका अनुसार नीति तथा कार्यक्रमहरुलाई सफल कार्यान्वयन गर्न आगामी आर्थिक बर्ष २०७४÷०७५ मा आय तर्फ कर तथा राजश्व वाट १ अर्व ३८ करोड ४० लाख प्रस्ताव गरिएको छ । त्यसै गरी राजश्व बाडफाड बाट. ३ करोड, अन्य आय वाट ५ करोड गरी १ अर्व ४६ करोड ४० लाख अर्थात कुल बजेटको ४०.७१ प्रतिशत अनुमान गरेको मेयर जिसीले जनाए । त्यसै गरी बाह्य तर्फ अन्तर सरकारी बित्तिय हस्तान्तरण बाट २ अर्व ३१ करोड ९२ लाख ५३ हजार आठ सय र जनसहभागिताबाट २५ करोड ५० लाख गरी कुल २ अर्व ५७ करोड ४२ लाख ५३ हजार आठ सय अर्थात कुल बजेटको ५९.२९ प्रतिशत गरी जम्मा ४ अर्व ३ करोड ८२ लाख ५३ हजार आठ सय आय प्रस्ताव गरिएको मेयर जिसीले बताए ।
यसै गरी व्ययमा विभिन्न कोष व्यबस्थापन तर्फ १५ करोड ५० लाख कुल बजेटको ३.८३५ प्रतिशत, पूर्वाधार विकाश क्षेत्र तर्फ १ अर्ब ३६ करोड ५३ लाख १८ हजार अर्थात ३३.८०५ प्रतिशत वातावरण तथा विपद व्यबस्थापन क्षेत्र तर्फ १३ करोड ६५ लाख १० हजार अर्थात ३.३८५ प्रतिशत सामाजिक विकाश क्षेत्र तर्फ १५ करोड १० लाख अर्थात ३.७३५ प्रतिशत आर्थिक विकाश क्षेत्र तर्फ २ करोड ३० लाख अर्थात ०.५६५ प्रतिशत वित्तिय व्यबस्थापन तथा सुशासन क्षेत्र तर्फ ४ करोड १० लाख अर्थात १.०२५ प्रतिशत अनुमान गरिएको मेयर जिसीले जनाए ।
त्यस्तै सस्थागत विकाश तथा सेवा प्रबाह क्षेत्र तर्फ १ करोड २५ लाख अर्थात कुल बजेटको ०.३१५ प्रतिशत तथा ससर्त अनुदान ७८ करोड ३९ लाख ३१ हजार अर्थात १९.४१५ प्रतिशत सामाजिक सुरक्षा भता ४७ करोड ५ लाख २४ हजार ८ सय अर्थात ११.६५५ प्रतिशत लागत सहभागिता १५ करोड अर्थात ३.७१५ प्रतिशत फोहोर मैला ब्यवस्थापन ९ करोड अर्थात २.२३५ प्रतिशत प्रशाशनिक खर्च ३० करोड ८४ लाख सत्तरी हजार अर्थात ७.६३५ प्रतिशत वडागत बजेट विनियोजन ३५ करोड १० लाख अर्थात ८.७० ५ प्रतिशत गरि कुल व्यय ४ अर्व ३ करोड ८२ लाख ५३ हजार आठ सय अनुमान गरेको जिसीले जनाए ।
स्थानिय श्रोतसाधनलाई अधिक रुपमा प्रयोग गरी बेरोजगार समस्या समाधान गर्ने पहल गर्ने मेयर जिसीले बताएका छन । आर्थिक समृद्धि र विकासका लागि आफ्नो टोल आफै बनाउन तथा स्थानीय स्रोत साधनको प्रयोग, दक्ष जनशक्ति उत्पादन, रोजगारी र उद्यमशीलताको विकास, सहरी पूर्वाधार निर्माण र आधुनिकीकरणका लागि, समाजमा व्याप्त विभेद, शोषण र उत्पीडनको अन्त्य गरी नागरिकको सीप र दक्षता अभिबृद्धि गरी समृद्ध, समुन्नत र नेपाली विशेषताको समाजवाद एक घर एक सीप रोजगारीको आधार ः समृद्ध पोखरा समाजवादको पूर्वाधार कार्यान्वयन गरिने भएको मेयर जिसीले बताए ।
पोखरालाई प्रदेशको राजधानी मात्र नभई, कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र केरूङ, काठमाडौ, पोखरा हँुदै लुम्बिनीसम्मको रेलमार्गमा जोडेर नेपालकै प्रमुख व्यापारिक केन्द्र र पर्यटकीय गन्तव्यका रूपमा विकसित गरिने मेयर जिसीले बताए । महानगर समृद्धिका लक्ष्यहरू १५ बर्ष भित्र यस महानगरपालिकालाई अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार सहित सुविधा सम्पन्न सहरका रूपमा विकसित गरिनुका साथै सुखी, खुसी, सभ्य र समृद्ध नागरिकहरूको सहर बनाइने महत्वकाक्षि योजना अघि सारेका मेयर जिसीले साक्षरता, औसत आयु, प्रतिव्यक्ति वार्षिक आय आदिमा वृद्धि र मातृ÷शिशु÷बाल मृत्यु दर घटाई उत्कृष्ट मानव विकास सूचकाङ्क भएको विभेद, जोखिम र असमानता मुक्त साथै सामाजिक न्याययुक्त नेपालको नमुना महानगरका रूपमा विकसित गरिने अठोट लिएका छन ।
महानगरको विकास नीतिहरू यस महानगरमा समावेश भई शहरी विकास पूर्वाधार न्यून रहेका वडाहरूमा महानगर स्तरीय विकासका विशेष कार्यक्रमहरू सञ्चालन गरी सवै वडाहरूलाई समानस्तरमा पु¥याउदै सवै महानगरवासीहरूलाई समृद्ध महानगरका गौरवशाली नागरिकको अनुभूति दिलाइने अभियानमा आफुहरु रहेको उनले बताए । महानगरलाई स्मार्ट सिटीका रूपमा विकसित गर्ने साथै यस वरपरका गाउँ पालिका र नगरपालिकाहरूलाई स्याटालाइट सहरका रूपमा विकास गर्न आवश्यक समन्वय गरिने भएको मेयर जिसीले बताए । सुगम यातायातको व्यवस्था सहितको एकीकृत सामूहिक आवास व्यवस्था मार्फत सुकुम्वासी मजदुर एवं अव्यवस्थित बस्तीहरूको व्यवस्थापन गरिने योजना भएको महानगरपाकिलाको बजेट तथा कार्यक्रममा उल्लेख छ ।
नदी, खोला, ताल तथा जलाधार संरक्षण गरी सवैखाले प्रदूषण नियन्त्रण मार्फत पर्यावरण सन्तुलन मार्फत क्लिन सिटी ग्रिन सिटी को रूपमा महानगरलाई विकास गरिने भएको बताएका मेयर जिसीले। घरघरमा स्नातक, टोलटोलमा प्राविधिक, वडावडामा स्वास्थ्यकेन्द्र, बस्तीबस्तीमा जेष्ठ नागरिक क्लब, सुविधा सम्पन्न शिशुकेन्द्र, नदी किनारा तथा पर्र्ती जमिनमा सार्वजनिक उद्यान एवं सहरी पूर्वाधार सम्पन्न, ई–गभर्नेन्स सेवा सहितको सूचना प्रविधिमा आधारित स्मार्ट महानगर बनाइने लक्ष्य राखिएको मेयर जिसीले बताए ।
महानगरवासीलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकारको ग्यारेन्टी, मनोरञ्जन, खेलकुद, कला, साहित्य, भाषा, संस्कृति आदिको संरक्षणका साथै महानगरलाई नेपालको पर्यटन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको प्रमुख केन्द्रका रूपमा विकसित गरिने उनले बताए । महानगर भित्र निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न पहल गरिने मेयरको प्रस्तावित निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । अन्तराष्ट्रिय स्तरको सभाहल, स्टेडियम, योग तथा ध्यान केन्द्र अत्याधुनिक बस टर्मिनल, यातायातका साधनको लागि पार्किङको सम्भाव्यता अध्ययन गरिने तथा महानगरवासीको सेवा र सुविधाका लागि सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित गरिने र मेट्रो बस सञ्चालनकालागि सम्भाव्यता अध्ययन गरिने योजना रहेको मेयर जिसीले जनाए । हरेक वर्ष विश्व जेष्ठ नागरिक दिवस (अक्टुवर १) मा महानगरका सवै भन्दा जेष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गरिने बेरोजगारीको समाधान बेरोजगार युवाहरुको योग्यता र क्षमता अनुसारको सिप प्रदान गर्न व्यवसायिक तथा प्राविधिक तालिम दिने मेयर जिसीले बताए ।
युवाहरुलाई उद्यमशीलता विकासमा प्राथमिकता दिइदै बेरोजगार युवाहरुलाई आवश्यक सिप, प्रविधि, अनुदान र सहुलियत ऋणको व्यवस्था गर्न आवश्यक समन्वय गरी स्वरोजगारीका लागि प्रोत्साहित गरिने उनले बताए । रोजगारी सिर्जना गर्ने उद्योग, व्यबसाय र सेवालाई कर छुटको व्यवस्था गर्दै खानेपानी, ऊर्जा र वैकल्पिक ऊर्जा महानगर भित्रका ग्रामीण बस्तीमा एक घर एक धाराको व्यवस्था गर्नुका साथै महानगरका व्यस्त क्षेत्रहरू तथा सार्वजनिक स्थलमा धाराबाट सोझै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न आवश्यक पहल गरिने मेयर जिसीले आफ्नो निती तथा कार्यक्रममा प्रस्तुत गरेका छन । महानगरपालिकाका उप–मेयर मन्जुदेवि गुरुङ, कार्यकारी अधिकृत दृर्घनारायण पौडेल लगायतले वोलेका थिए भने महानगरमा हालै निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।





