पोखरामा मोबाइलबाटै कारोबार

पोखरा न्युज –

आइएमई पे को आधिकारीक डिष्ट्रिब्यूटर पोखरास्थित उदिम मिडिया प्रालि. र टुडे पोखरा प्रालि.ले विहीबार आइएमई पे बारे छलफल चलाएका छन् । छलफल कार्यक्रममा पोखरामा विभिन्न क्षेत्रमा काम गर्ने १६ वटा कम्पनीका प्रतिनिधीको सहभागीता रहेको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराको न्यूरोडस्थित वेबपेज नेपालको हलमा चलाएको छलफलमा आइएमई लिमिटेडका गण्डकी धौलागिरी प्रमुख किशोर शर्माले आइएमई पे को एजेन्ट बन्न चहाने विभिन्न कम्पनीका प्रतिनिधिलाई आईएमई डिजिटल सोलुसन ल्याउन लागेको आइएमइ पेबारे बिस्तृत जानकारी दिए ।

‘आइएमई पे अहिले परिक्षणका रुपमा सुरु भएको छ । साउनको दोस्रो सातासम्म आइएमइ पे पूर्ण रुपमा संचालन आउनेछ’ आइएमई लिमिटेडका गण्डकी धौलागिरी प्रमुख किशोर शर्माले भने,‘यसका लागि देशभर अहिले डिष्टिब्यूटर, एजेन्ट र सब एजेन्ट बनाउने काम भइरहेको छ ।’

बिदेशमा निक्कै प्रचलनमा रहेको मोबाइल मनि नेपालमा भने भर्खरै सुरु भएकाले सुरुसुरुमा यसबारे बुझ्न कठिनाई भए पनि केही समयमै सबै उपभोक्ताले मोबाइल मै पैसा बोकेर हिड्ने प्रमुख शर्माले बताए । उनले आइएमई पे बाट आफुलाई चाहिएको बेलामा बैंक बाट मोबाइल मनीको सेवा प्रदायकमा रहेको खाता(वालेट)मा पैसा राख्न र त्यसबाट पुन बैंकमा पठाउन सकिने सुविधा समेत रहेको जानकारी गराए ।

प्रमुख शर्माले डिष्ट्रिब्यूटरहरुले एजेन्ट, एजेन्टले सब एजेन्ट बनाउने काम भइरहेको र उनीहरुले भेरिफाइड कस्टमर बनाएपछि उपभोक्ताले सहज रुपमा मोबाइलबाटै कारोबार गर्न सक्ने बताए । ‘अनभेरिफाइड कस्टमरले एक दिनमा ५ सय र महिनामा २५ हजारभन्दा बढी मोबाइल मनिबाट खर्च गर्न सक्दैन’ प्रमुख शर्माले भने,‘तर, भेरिभाइड कस्टमर भएपछि जति खर्च गर्न पनि पाइन्छ । त्यसका लागि नजिकका एजेन्ट, सब एजेन्टकहाँ गएर एउटा फर्म भरेपछि भेरिफाइड कस्टमर बन्न सकिन्छ ।’

आइएमई पे को डिष्ट्रिब्यूटर उदिम मिडिया प्रालि. र टुडे पोखरा प्रालिका कार्यकारी निर्देशक मनोज घर्तीमगरले राष्ट्र बैंकले क्यासलेसको अबधारणा ल्याइरहेका बेला आईएमई डिजिटल सोलुसनले मोबाइल मनी प्रविधिको सुरुवात गर्नु सुखद खबर रहेको बताए ।  ‘राष्ट्र बैंकले ल्याएको क्यासलेस अवधारणालाई सघाउ पुरयाउन र हरेक ठाउँको बिल तिर्दा लामो लाइन बस्नुपर्ने झन्झटलाई कम गर्न विकल्पको रुपमा काम गर्न आइएमई पेको डिष्ट्रिब्यूटर बनेर हाम्रो कम्पनीले काम सुरु गरेको छ’ कार्यकारी निर्देशक घर्तीमगरले भने,‘बिजुली, पानी, टेलिफोनको बिल तिर्न अब लाइन बस्नु पर्दैन । लाइन नबस्ने बिल्कल्पका रुपमा हामीले यो सेवा सुरु गरेका हौं । तपाई मोबाइमा किलिक्क गनुर्स् अरु सब हामी गर्छौं ।’

टुडे पोखरा प्रालिका निर्देशक सुस्मा रानाले ‘आईएमई पे’ मार्फत रेमिट्यान्स (रकम पठाउन र पाउन ), स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न साथै फिल्मको टिकट खरिद गर्ने जस्ता कामाहरु सजिलै मोबाइल बाटै गर्न सकिने जानकारी गराईन् । ‘मोबाइल बाटै रकम तिर्न मिल्ने यो प्रविधि सरल भएकोले स–साना व्यबसायीहरुले पनि यो सेवा प्रयोग गरि लाभ लिन सक्छन्’ निर्देशक रानाले भनिन् ।

उदिम मिडियाका निर्देशक तथा सहयोगनी नेपाली मनहरु प्रालिका कार्यकारी निर्देशक समेत रहेका छविलाल घर्तीमगरले विदेश तथा स्वेदशबाट पठाएको पैसा झिक्न र पैसा पठाउन ‘आईएमई पे’ मार्फत सकिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button