पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण सुरु

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरामा पहिलो पटक नेट बल भित्रिएको छ । नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गर्दै यो खेलको विस्तार गर्न पोखरामा प्रशिक्षण प्रारम्भ गरेको हो । विशेष गरि महिलाहरुलाई केन्द्रित गरि सुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ ।

प्रशिक्षणको उद्घाटनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष सुनिल गुरुङ्गले नेट बलको खेलले यस क्षेत्रका महिलाहरुको शसक्तिकरणमा राम्रो भुमिका खेल्न सक्ने बताए । उनले शारिरिक स्वस्थका साथै खेलकुदमा महिलाहरुको सहभागिता बढाउन यस खेलले योगदान दिने बताए ।

नेपाल नेट वल संघका अध्यक्ष विर बहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव दिपक लामाले पोखरामा नेट बलको प्रशिक्षण चार दिन सम्म चल्ने जानकारी दिए ।

सन १८०० मा अमेरिका बाट सुरु भएको नेट बल अधिंकास देशहरुमा खेल्ने गरिन्छ सन १९९५ मा ओलोम्पिकले मान्यता दिएको हो । नेपालमा ६ वर्ष अघि भित्रिएको नेटवल खेल राजधानी केन्द्रित रहे पनि अब यसलाई नेपालभर खेल्नका लागि प्रशिक्षकहरुलाइ प्रशिक्षित गराउन सुरु गरिएको महासचिव लामाले बताए ।

१ सय फिट लम्वाई र ५० फिट चैडाई रहेको खेल मैदान खेल्न सकिने यो खेल इनडोर गेम हो भने यसमा ७-७ जना खेलाडी खेल्न सक्ने छन । विशेष गरि महिलाहरुको लागि भनिएको यो खेल अहिले पुरुषहरु समेतको सहभागिता रहने गरेको लामाले वताए । उनका अनुसार नेपालले सन २०१२ र २०१३ को एशियन नेट बल च्याम्पियनशिपमा सहभागिता जनाइसकेको छ । हाल नेपालमा यो खेलका ४० जना प्रशिक्षकहरु रहेका छन भने खेल विस्तारका लागि विद्यालय केन्द्रित गरिएको छ ।

पोखरामा साउन २ गते सम्म संचालनहुने प्रशिक्षणमा अष्ट्रेलिएन प्रशिक्षक स्टेफेनी एन्डरशनले समेत प्रशिक्षण दिने कार्यक्रम रहेकोछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button