ऐहिासिक बाटुलेचौर तिज मेलाको तयारी सुरु

पोखरा न्युज –

ह्याण्डबल प्रतियोगिताको विषयमा अन्तरक्रिया

पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक बाटुलेचौर तिजमेला २०७४ को तयारी शुरु भएको छ । आगामी भदौ ५ गतेदेखि ८ गतेसम्म चल्ने मेलाका लागि प्रारम्भिक तयारी शुरु भएको मेल मूल व्यवस्थापन समितिका संयोजक बेनीबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चार दिनसम्म चल्ने मेलामा परम्परागत हम्काइलो भाका प्रस्तती सहित समूहगत तिज गीत तथा नृत्य प्रस्तुती, क्रियाशिल महिला पत्रकार सम्मान, अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, पूर्व खेलाडी सम्मान, श्रष्टा सम्मान, छेलो, रस्साकसी, म्युजिकल चियर प्रतियोगिता लगायतका साँस्कृतिक कार्यक्रम समावेश गरिने क्लवका सचिव मोहन थापाले जानकारी दिनुभयो ।

यसै विच मेलामा सहभागी गराइने अन्तर विद्यालय छात्र÷छात्रा ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले खेलकूदमा फेयर प्ले महत्वपूर्ण हुने हुँदा खेलकूदका कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजक र टीम विच समन्वय आवश्यक रहेको बताउनुभयो । कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष जगन बहादुर गुरुङले ह्याण्डबलका लागि जस्तोसुकै सहयोग गर्न संघ प्रतिबद्ध रहेको बताउनुभयो ।

ह्याण्डबल खेल व्यवस्थापन उपसमितिका संयोजक नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मूल संयोजक बेनीबहादुर बस्नेत, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ (जीवन), सचिव मोहन थापा लगायतले बाटुलेचौरको तिज मेला ऐतिहासिक मेला भएकोले यसलाई भव्य बनाउन सबैको सहयोग आवश्यक मर्ने बताउनुभयो । प्रतियोगिता संचालन गर्न नारायणप्रसाद देवकोटाको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ ।

समितिको उपसंयोजकमा योगेन्द्रबहादुर बस्नेत, विशाल बस्नेत र सदस्यहरुमा दिनेश श्रेष्ठ, विमल अधिकारी, सुरज देवकोटा, रमेश बस्नेत, विकास श्रेष्ठ, विशाल खड्का, विशाल नेपाली, आशिष श्रेष्ठ, आदर्श श्रेष्ठ, राजु गुरुङ र दिनेश बस्नेत चयन हुनुभएको छ । त्यस्तै जुमकाजी गुरुङ, चित्र बहादुर थापा, राजेन्द्रकुमार अधिकारी, मदन बस्नेत, बलराम तिमिल्सिनालाई उपसमितिको सल्लाहकार चयन गरिएको छ । प्रतियोगितामा विजेता टीमले नगद १५ हजार, कप, पदक र प्रमाणपत्र तथा उपविजेता टीमले नगद १० हजार, कप पदक प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।

मेला सम्पन्न गर्न करिव १५ लाख लाग्ने बताईएको छ । सेमी फाइनलमा पुग्ने टीमलाई नगद २ हजार ५ सय प्रदान गरिने समेत आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button