कास्कीमा पनि फोटो सहितको नामवली संकलन अभियान जारी

पोखरा न्युज –

६ दिनमा २ हजार ३ सय बढीले दर्ता गरे

कास्कीमा पनि फोटो सहितको मतदाता नामावली संकलन अभियान जारी रहेको छ । मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनेहरुको सङख्यामा निकै उत्साहजनक रुपमा सहभागिता रहेको क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनका अनुसार साउन एक देखि ६ गते सम्म अर्थात ६ दिनमा कास्कीमा २ हजार ३ सय ५९ जनाको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराईएको छ । जसमध्य पुरुष १ हजार ३ सय ३ जना रहेका छन भने महिला तर्फ १ जहार ५६ जना रहेका छन ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ देखि ३३ सम्मका हालसम्म १ हजार ६ सय ८४ जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन भने कास्कीको अन्नपुर्ण गाउपालिकामाबाट १ सय ३४, माछापुछ्रे गाँउपालिकाबाट १ सय ६, मादी गाँउपालिकाबाट १ सय ९७ र रुपा गाँउपालिकाबाट ४३ जनाले आफ्नो नाम तर्दा गराएका हुन । त्यसै गरी विभिन्न जिल्लाबाट १ सय ९५ जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको क्षेत्रिय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

आगामी असोजको अन्तिम सातामा हुने प्रदेश सभाको निर्वाचनको लागि लक्षित गरी विभिन्न क्षेत्रमा छुटेका र १८ बर्ष माथि उमेर पुगेका नागरिकहरुलाई मतदानमा सहभागि गराउने उद्धेश्यले कास्कीमा उक्त पनि उक्त अभियान सुरु भएको हो । यो अभियान यही साउन १५ दिनसम्म चल्ने भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button