तनहुँमा ह्याम्मरले हानेर श्रीमतीको हत्या

पोखरा न्युज –

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो । मोरङ मधुमल्ला गाउँपालिका–३ घर भई हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतीलाई ह्याम्मरले हानेर हत्या गरेको जानकारी उहाँले दिनुभयो ।

आवेशमा आएर उनले ह्याम्मरले हान्दा बुद्धिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने कुमारलाई इलाका प्रहरी कार्यालय, बेलचौताराले तत्कालै नियन्त्रण लिएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालतर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
––––––––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button