तनहुँमा ट्रयाक्टर पल्टिँदा दुईको मृत्यु

पोखरा न्युज ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित वटडाँडामा आज अपराह्न ग १ त ३३२४ नं को ट्रयाक्टर पल्टिँदा सोही ठाउँका १५ वर्षीय डम्बर पुन र १२ वर्षीय भूपाल गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

ढुङ्गा बोकेर फिरफिरे जाँदै गरेको उक्त ट्रयाक्टरको पछाडिको ट्रली फुस्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले वताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button