अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

पोखरा न्युज –

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँ शुक्रबार आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिनेछ ।” अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भन्नुभयो, “सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ ।”

सडकका सामान्य खाल्टाखुल्टी पुर्न समेत प्रधानमन्त्री बोल्नुपर्ने अवस्था आउनु ठीक होइन भन्दै उहाँले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले द्रुतता नपाउँदा उपत्यकावासीले केही समस्या झेल्नुपरेको उल्लेख गर्नुभयो । कतिपय पूर्वाधार निर्माणमा गुणस्तरको प्रश्न उब्जिएका कारण स्वयं व्यवसायी, राजनीतिक दल, कर्मचारी तन्त्र र सरकारको काम कारबाहीमाथि प्रश्न उठेको पक्षलाई हेक्का गर्दै गुणस्तरका बारेमा अब कुनै पनि हालतमा सम्झौता नहुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button