सोनाहा जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

पोखरा न्युज –

लोपोन्मुख सोनाहा समुदायले आफूहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेका छन् ।

माछा मार्ने, ढुंगा चलाउने र सुन चाल्ने परम्मपरागत पेशा अँगालेर बसिरहेको ती लोपोन्मुख समुदाय अहिलेसम्म कुनै जातीय समूहमा सूचीकृत नहुँदा उनीहरुको जातीय पहिचानका साथै गाँस, बाँस र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिका सुरक्षामा समास्या परेको नेपाल सोनाहा संघले जनाएको छ ।

बर्दिया कैलाली र कञ्चपुरमा एक हजार २०० सोनाहा जातिका बसोबास छन् । नदीमा सुन चाल्ने पेशा संकटमा परेपछि उनीहरु आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आएका छन् तर यो माग सुनुवाइ नहुँदा राज्यबाट प्राप्त हुने सेवा सुविधा लिन नसकेको संघले जनाएको छ ।

सूचीकरणको माग राख्दै गत वर्ष सर्वोच्च अदालतमा मुदा दायर गरेको नेपाल सोनाहा संघका महाससचिव टेकबहादुर सोनाहले जानकारी दिनुभयो । “हामी कुन जातीय समूहमा पर्छौ, त्यो प्रष्ट नभएपछि हाम्रो जातिको पहिचान नै संकटमा परेका छ,” उहाँले भन्नुभयो– “हाम्रो जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न र सामाजिक सुरक्षा प्रदान गर्न सरकार गम्भीर हुनुपर्छ ।” रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button