तनहूुँमा ३५६ जनाद्वारा नशालुजन्य पदार्थ छाड्ने प्रतिबद्धता

 

पोखरा न्युज –

जनैपूर्णिमा पर्वको अवसरमा तनहुँमा ३५६ जनाले नशालुजन्य पदार्थ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजमा अहिंसा, विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीले शुक्रबार आयोजना गरेको रक्षाबन्धन कार्यमा उनीहरुले कहिल्यै पनि नशालुजन्य बस्तु सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उक्त केन्द्रद्वारा आयोजित ओम शान्ति भवन,तनहुँ कारागारलगायतका स्थानमा दुई हजार ५८७ जनाको रक्षाबन्धन गरिएकामध्ये उनीहरुले सो कुराको प्रतिबद्धता गरेको ब्रह्माकुमारी राजयोग दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जानकारी दिनुभयो ।

सो अवसरमा रक्षाबन्धनको आध्यात्मिक रहस्यको बारेमा प्रवचन गर्नुहुँदै राजयोग शाखा दमौलीकी सञ्चालिका ब्रह्माकुमारी यमुनाले स्वयम्लाई नकारात्मक सोच, नशालु पर्दाथबाट रक्षा गर्नुको प्रतिक रक्षाबन्धन भएकोले आजको दिन शुभ प्रतिज्ञा गर्ने प्रतिज्ञा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button