व्यवस्थित बन्दै मुस्लिम समुदायको कब्रिस्तान

पोखरा न्युज –

करिब एक सय वर्षअगाडि देखि प्रयोगमा आएको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ । रामपुर नगरपालिका–४ को इस्लामपुरमा रहेको कब्रिस्तानमा अहिले घेराबार गरेपछि व्यवस्थित बनेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

करिब ६३ रोपनी क्षेत्रफलमा फैलिएको कब्रिस्तानको ५० रोपनी क्षेत्रफल घेराबार गरेपछि यसको मुहार फेरिँदै गएको छ । घेराबार नगर्दासम्म खुल्ला चौरमा छरपस्ट रुपमा शव गाडिने गरिन्थ्यो । खुल्ला चौरमा माटोमुनि गाडिएका शवहरु कुकुर, स्याल, चराचुरुङ्गी लगायतका जनावरले खोतलेर खाने गरेको भेटिन्थ्यो । यसले गर्दा यस क्षेत्रको वातावरण दुर्गन्धित बन्न थालेपछि मुस्लिम समुदायले घेराबार गरी व्यवस्थित बनाएका हुन ।

साबिक जिल्ला विकास समितिबाट रु चार लाख, रामपुर नगरपालिकाको रु चार लाख, २०० स्थानीयवासीको जनश्रमदान र ८०० जना मुस्लिम समुदायका सदस्यबाट प्रतिव्यक्ति रु ५०० रकम संकलन गरी कुल रु ३० लाखको लागतमा पक्की घेराबार गरिएको कब्रिस्तानका सल्लाहकार हमिद अलिमियाँले बताउनुभयो ।
आर्थिक अवस्था नाजुक परिवारले माथिबाट माटोले पुरेर गाडेका शव असुरक्षित भएपछि समुदायले नै आर्थिक रकम जुटाएर कब्रिस्तानको चारै दिशा वरिपरि घेराबार गरिएपछि शव सुरक्षित बनेको मुस्लिम समुदायका अगुवा हलिमा खातुनले बताउनुभयो ।

एउटा शव दाह संस्कार गरेको स्थानमा ५० वर्षको अन्तरालमा अर्को शव सोही स्थानमा दाह संस्कार गर्न सकिने कब्रिस्तानका सचिव महम्मद खली बताउनुहुन्छ ।

मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तानका विषयमा केही समय त्यस क्षेत्रका हिन्दू समुदाय र मुस्लिम समुदायबीच विवाद निस्कँदा पनि कब्रिस्तान व्यवस्थापनमा समस्या परेको थियो । दुई वर्षअगाडि सो जग्गाका विषयमा दुवै समुदायबीच समस्या सुल्झिएपछि कब्रिस्तानलाई घेराबार गरेर व्यवस्थित बनाउँदै लगेको अध्यक्ष महम्मद अली बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button