ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको ध्यान पुग्नु जरुरी

पोखरा न्युज –

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी रहेको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महिला तथा बालबालिका विभागको आयोजनामा सोमबार पोखरामा आयोजित वार्षीक समीक्षा गोष्ठीमा उहाँले सीमित भत्ताले मात्रै उनीहरुको गुजारा नचल्ने भएकाले जीविकोपार्जनका लागि राज्यले जिम्मा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्री कोइरालाले स्थानीय तहमा निर्वाचित महिलालाई सक्षम र जिम्मेवारी बोध बनाउन विशेष कार्यक्रमको खाँचो रहेको पनि बताउनुभयो ।

मन्त्रालयका सचिव खगराज बरालले हरेक काममा महिलाको सहभागिता प्रभावकारी बन्दैगएको धारणा व्यक्त गर्नुभयो ।

विभागका महानिर्देशक नरेशकुमार चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, उपसचिव विजयाकुमारी प्रसाईंलगायतले बोल्नु भएको थियो ।

सो वार्षीक समीक्षा गोष्ठीमा ७५ जिल्लाका प्रमुख महिला विकास अधिकृत र महिला विकास अधिकृतको सहभागिता रहेको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button