‘नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध थप सुदृढ’

पोखरा न्युज –

चिनियाँ जनमुक्ति सेना स्थापनाको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार स्वागत समारोह आयोजना गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी वरिष्ठ महासेनानी लिउ स्याओ क्वाङले आयोजना गरेको उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध पछिल्ला दिनमा थप सुदृढ हुँदै गएको बताउनुभयो । हालै दुवै मुलुकका सेनाले गरेको सगरमाथा संयुक्त अभ्यासले सम्बन्धलाई थप प्रगाढ तुल्याएको बताउँदै उहाँले चिनियाँ रक्षामन्त्रीबाट केही महिनाअघि भएको नेपाल भ्रमणले दुवै देशका सैनिकबीचको सहकार्य र पारस्परिक विश्वासलाई प्रवद्र्धन गरेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत यु होङले राष्ट्रिय प्रतिरक्षा चिनियाँ सेनाको मूल लक्ष्य रहेको बताउँदै संयुक्त राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति प्रवद्र्धनमा चिनियाँ सेनाल् अग्रपंक्तिमा रहेर काम गरिरहेको जानकारी दिनुभयो । वरिष्ठ महासेनानी लिउले सि चिनफिङको सबल नेतृत्वमा चिनियाँ सेनाले शान्ति र समृद्धिको चाहनालाई मुखरित गरिरहेको छ भन्नुभयो । समारोहमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री, पूर्वप्रधानसेनापति, नेपाली सेनाका उच्चपदस्थ अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button