पोखराको लामाचौरमा तिज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पोखरा न्युज –

महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना हुने तिजे महोत्सवमा यस बर्ष पनि राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भदौं ४ देखि संचालन हुने उक्त महोत्सव भदौं ८ गतेसम्म ईन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुने भएको छ भने उक्त महोत्सवको मुख्य आकषर्णको रुपमा महिला भलिवल प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन काठमाण्डौंको न्यू डायमण्ड एकेडेमी, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वल एपिएफ क्लव, नेपाल आर्मी, पश्चिमाञ्चल भलिवल संघ र जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष वम बहादुर गुरुङले बताए । प्रतियोगिताको बिजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्रदान गरिने भएको महोत्सव प्रचार संयोजक गिरधारी शर्माले बताए ।

त्यस्तै, बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्रदान गरिने भएको छ । महोत्सवको अवसरमा छात्रा भलिवल प्रतियोगिता पनि आयोजना गरिने उनले जानकारी दिए । उक्त महोत्सवमा करिब २२ भन्दा बढी व्यपारीक स्टलहरु रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button