चितवनमा स्वाइनफ्लुका १०० बिरामी

 

 

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा न्युज –

चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच( एन) का एक सयजना बिरामी भेटिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदनअनुसार १३७ बिरामीको परीक्षणमा यसरी एनएच१ एन१ फेला परेको जानकारी दिनुभयो ।

भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताउनुभयो ।
उहाँले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिनुभयो ।

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ । अन्य रोगको संक्रमण भएकालाई अझ बढी असर गर्ने चिकित्सकको भनानइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button