
पोखरा न्युज –
पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा सोमबार मोबाइल चार्ज गर्ने क्रममा ३१ वर्षीय सन्तबहादुर सुनार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोबाइल चार्ज गर्दा विद्युत् चुहिएर लामाचौरका सुनारको गम्भीर घाइते भई उपचारार्थ फिस्टेल अस्पतालमा ल्याउँदा बाटामै मृत्यु भएको थियो । रासस





