
पोखरा न्युज –
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन आज नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको सभापति श्री बामदेव ढुङानाको सभापतित्व र जिल्ला समवन्य समिति कास्कीका प्रमूख श्री बैनबहादुर अधिकारी क्षेत्रीको प्रमुख आतिथ्यतामा पोखराबाट सार्वजनिक गरिएको छ ।
“घर–घरमा प्राथमिक उपचारक” भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको हो ।
आफ्नो फेसवुक पेजमार्फत् एप्लिकेशन सेयर गरेर शुभारम्भ गर्दै कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको सभापति श्री बामदेव ढुङाना र जिल्ला समवन्य समिति कास्कीका प्रमूख श्री बैनबहादुर अधिकारी क्षेत्रीले आफनो सामाजिक सञ्जाल फेशबुकबाट शेएर गरी सुभाराम्भ गर्नुभयो । “समय अनुसार प्रविधिको माध्यमबाट प्राथमिक उपचारका विषयमा जानकारी प्रस्तुत गरेर मानवीय क्षति कम गराउन गरेको कार्य प्रशंसनीय छ ।” उहाँले रेडक्रसले कुनैपनि विपद्का समयमा घटनास्थलमै आकस्मिक सेवा दिने गरेको पनि बताउनुभयो । सबैलाई यो जिवनपयोगि ज्ञान, सीपको एप आ आफनो क्षेत्रबाट प्रचार प्रसार गर्न अनुरोध गर्नु भयो । अहिले प्राथमिक उपचार जस्तो विषयलाई मोबाइलमार्फत् सबैको साथमा पुर्याउनाले विपद्मा परेका मानिसले धेरै छटपटाउनु नपर्ने भएको छ । रेडक्रस अभियानको अर्को महत्वपूर्ण कार्य प्राथमिक उपचार मोबाइल एप्लिकेशन भएको श्री बैनबहादुर क्षेत्रीले बताउनुभयो । श्री अधिकारीले उद्घाटन मन्तव्यका क्रममा रेडक्रस मानविय सेवाका क्षेत्रमा अग्रणी भूमिका निभाउदैं संकटासन्न समुदायलाई सेवा पुरयाएर यो संस्थाले प्राथमिक उपचार एप्लिकेशन सामाजिक सञ्जाल मार्फत सार्वजनिकरण गरेकोमा प्रसंशा गर्नु भयो ।
एप्लिकेशन आकस्मिक दुघटनामा पर्ने मानिसलाई तत्काल उपचार गर्ने उपयोगि हुने भएकोले यसलाई प्रत्येक घरघरमा पुरुयाउन सबै जनप्रतिनिधि तथा सामाजिक कार्यकताहरुलाई अनुरोध गर्नुभयो । सोही क्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी श्री नन्दलाल पौडेलले विध्याल र विध्यार्थी मार्फत प्रत्येक घरघरमा पुरयाउन र यसबाट फाइदालिन सकिने हुनाले शिक्षा सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्नुे प्रतिबद्धता जनाउनु भयो । नौलो घृुम्तीका अध्यक्ष खड्कबहादुर रानाभाटले सबैले सहजरुपमा प्राप्त गर्नसकिने यो एप मार्फत प्राथमिक उपचारको ज्ञान, शीप र अवधारणा जनस्तरसम्म पुग्नसक्ने उपयुक्त माध्यम भएको कुरा बताउनु भयो ।
जन आन्दोलन होस् वा विपद् जुनसुकै बेला घाइते वा विरामीले औषधी उपचार नपाउने बेलासम्म प्राथमिक उपचारमा तालिम प्राप्त स्वयंसेवकहरु पुग्ने गरेको समेत शाखाका सभापति श्री बामदेब ढुङानाले बताउनुभयो । जहाँ घटना हुन्छ त्यहाँ तत्कालै प्राथमिक उपचार सेवा पुर्याउन सकिने मोबाइल एप्स बन्नु अत्यन्तै खुशीको कुरा भएको भन्दै थापाले एप्सले मानव जीवन बचाउने कार्यमा ठूलो सहयोग पुग्ने बताउनु भयो । समारोहमा उपस्थित सबैलाई धन्यवाद दिदै श्री ढुङानाले यसबाट आफु पनि लाभान्भित भई यसको प्रचार प्रसारमा सहयोग पुरयाउन सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा अतिथि तथा अन्य महानुभावहरुलाई स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा कार्य समिति डण्डराज शर्माले यो एप्लिकेशन आकस्मिक अवस्थामा जीवन बचाउन तथा प्राथमिक उपचार सीपका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार मोवाईल एप्लिकेशन कार्यक्रमका कार्यक्रम सँन्योजक श्री बसन्तकुमार श्रेष्ठले नेपालमा अहिले सबैको हात हातमा स्मार्ट फोन भएकाले सबैले यो एप्लिकेशन डाउनलोड गरी यसमा भएका ज्ञान र सीपबाट आफनो र अरुको जीवन बचाउन सकिने बताउन भयो ।
सुभारम्भ कार्यक्रममा पोखरा महानगरपालिकाका वडानं। ७ र ८ रामचन्द्र बराल, रुद्रनाथ बराल, नेपाल रेडक्रसका कास्की जिल्लाशाखाका पदाधिकारी तथा सदस्य, कर्मचारीहरु, पत्रकार, टाफिक कार्यालयका प्रमुख लगायत सामाजिक संघ सस्थाको को उपस्थिति रहेको थियो ।
यो एप्लिकेशनलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ । पहिलो क्षेत्र सिक्नुहोसः एलर्जी-एनाफिलाक्सिस् सक्,दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु, डिस्टेस-तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु-हाइपोथर्मिया, विष तथा हानिकारक पर्दाथ, कम्पन-छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिक उपचार, डसेको टोकेको घाउ, मर्कनु÷खुस्कनु, मस्तिष्सघात-स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ ।
दोस्रो क्षेत्रःतयारीगर्ने विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिक आँधी÷तुफान, पहिरो, विधुतीयअबरोध, घरपालुवा तयारी, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम ९गम्भीर० गरी २० वटा विषयहरू रहेको छ ।
तेस्रो क्षेत्र तत्काल आपत्तकालिन प्राथमिक उपचारःएलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २० वटाहरू रहेको छ ।
चौथो क्षेत्रमा परिक्षाहरूः रहेको छ जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयममूल्याङ्कनगरिने ६ वटा विषयहरू रहेको छ ।
पाँचौ अधिकः क्षेत्र रहेको छ जसमा विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दा दिन, प्राथमिक उपचार प्रशिक्षणबारे, रक्तदानबारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवा बारेमा, एप्लिकेशनलाई आदान प्रदान गर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने ११ वटा विषयहरु समाबेश गरिएको छ ।
यो एप्लिकेशन चलाउने तरिका –
यो एप्लिकेशन डाउनलोड् गर्न तपाईसँग एन्ड्रोइड मोवाइल वा डिभाइस छ भने Play Store र आइ.ओ.एस मोवाइलवा डिभाईस छ भने Apple Store गई prathamikupacharnepal red cross टाईप गरी खोज्नुहोस् र यो आइकोनमा क्लिक गरी डाउनलोड् गर्नुहोस । एकपटक डाउनलोड् गरेपछि विना इन्टरनेट पढ्न, भिडियोहरू हेर्ने र सुन्न सकिने छ । प्रत्येक विषयहरू अध्ययन गरेर, भिडियो किल्पहरू हेरेर, प्राथमिक उपचारका ज्ञान, सीपहरू लिन तथा तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्न सक्नुहुन्छ । यो एप्लिकेशन ४८.५५ एम.वि. को भएकोले Wi-Fi सुविधा भएको स्थानबाट डाउनलोड् गर्नुहोस् । रेटिङ्ग गर्नुहोस् । प्रतिकृया जनाउनुहोस् । सामाजिक सञ्जालहरूबाट एक आपसमा आदान–प्रदान गर्नुहोस् । सुझाव र सल्लाह भए firstaid@nrcs.org मा इमेल पठाउनुहोस् । यो एप डाउनलोड गर्ने तरिकाको भिडियो हेर्न चाहानुहुन्छ भने थयग तगदभ मा गएर nepal red cross first aid app टाइप गरि हेर्न, सुन्न सक्नुहुन्छ ।Faecbook://nrcsfaapp मा जानुहोस् ।





