
पोखरा न्युज –
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी जिल्ला साविकको जहेडा गाविस–१ घर भई राङखोलामा डेरा गरी बस्दै आएका चन्द्रबहादुर गुरुङ रहेको छ ।
बाँस काट्ने क्रममा विद्युतको मेन लाइनमा छुँदा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस





