कास्कीका रिभानको पहिरो पीडितलाई लेखापढीको राहत

पोखरा न्युज –

नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन कास्कीले गत मंगलवार रिभानमा पहिरोमा परेर पीडित वनेकाहरुलाई राहत सामग्री प्रदान गरेको छ ।

एशोसियसनका अध्यक्ष अम्वरवहादुर कार्की(अनिल)को नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो । पीडित प्रतिपरिवार एक वोरा चामल, दाल र चाउचाउ एशोसियसनले वितरण गरेको छ ।

प्राकृति विपत्ति जहिले जसलाई पनि पर्न सक्ने र पीडितहरुको पिडामा केही राहत पुग्ने ठानेर सानो सहयोग गरिएको अध्यक्ष कार्कीले वताए । पीडितका समस्याहरुलाई आफुले मनन गरेको र आगामि दिनहरुमा पनि सम्भव भएसम्म सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा कार्कीले व्यक्त गरे ।

राहत वितरणमा लागि एशोसियसनका कोषाध्यक्ष मनवहादुर भुजेल, सदस्य तथा द्धय विष्णु तथा र दानवहादुर गुरुङ लगायत सहभागि थिए । मंगलवार राती रिभान हुम्दीमा गएको पहिरो सहितको वाढीले १५ घरपरिवार पीडित वनेका थिए । सो घटनापछि स्थानीय प्रशासन तथा विभिन्न संघ संस्थाहरुले राहत सामाग्री लिएर पुग्ने क्रम जारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button