पोखरामा जारी इक्यान शैक्षिक मेलाको आज अन्तिम दिन, निशुल्क परामर्श लिने अवसरको सदुपयोग गर्न आयोजकको आग्रह

पोखरा न्युज-

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीद्वारा पोखरामा आयोजित पाँचौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ जारी छ । शुक्रबार देखि पोखराको सभागृहमा  सुरु भएको  मेलाको  आज साझ समापन  गरिदैछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मेलामा सुरुको दुइ दिन शुक्रबार र शनिबार विद्यार्थी तथा अभिभावकको भिड लागेको प्रचार–प्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । ‘मेलामा उल्लेख्य मात्रामा विद्यार्थी तथा अभिभावकको उपस्थिति देखिएको छ, आज अन्तिम दिन हो आज पनि उपस्थिति राम्रो हुनेछ  ’ उनले भने । ‘हामीले यो मेला उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै  निःशुल्क परामर्श प्रदान गर्ने उधेश्यका साथ्  आयोजना गरेको हौ , यसको फाइदा विद्यार्थी तथा अभिभावले  लिन सक्नुपर्दछ’, न्यौपानेले भने । आज अन्तिम दिन भएकाले मेलामा आउँन छुटेका विद्यार्थी तथा अभिभावकलाई मेलामा उपस्थित भई निशुल्क परामर्श लिने अवसरको सदुपयोग गर्न न्यौपानेले अनुरोध समेत गरे ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी इक्यानले मेला आयोजना गरेको हो । मेलामा विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी भएको इक्यानका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले बताए ।

विद्यार्थीलाई निःशुल्क प्रवेश व्यवस्था मिलाइएको मेलामा ५४ वटा स्टल र ११ वटा प्याभिलियन रहेको थापाले जानकारी दिए । यस पटकको मेलाबाट बचत रकम सामाजिक क्षेत्र तथा छात्रबृत्तिमा खर्च गरिने इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले जानकारी दिए । मेलामा अधिकांश पोखराका परामर्शदाृत संस्थाहरु सहभागी छन् । मेला विद्यार्थी र अभिभावकका लागि निकै महत्वपूर्ण बनेको अध्यक्ष मीलन तिवारीले बताए ।

मेलामा आउने विद्यार्थी मध्येबाट हरेक दिन साँझ लक्की ड्रका आधारमा विशेष उपहारको व्यवस्था गरिएको छ । शुक्रबार कबिता गौतमले र शनिबार संगम पोखरेलले लक्की ड्रका आधारमा ट्यावलेट उपहार जितेका छन् । आज  साँझ पनि लक्की ड्रका पर्नेले  ट्यावलेट उपहार प्राप्त गर्नेछन  ।

मिराकल इन्स्टिच्युट प्रालिको प्रस्तुतिमा आयोजित मेलामा टाइटल स्पोन्सर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र ईन एसोसियन विथमा फोरेन लिंक छ । पावर्ड बाइमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, मुख्य प्रायोजकमा किङ्फिसर एजुकेसनल कन्सल्टेन्सी र सपोर्टेड बाईमा ट्रिनिटी एजुकेसन फाउण्डेशन छ । प्रोमोटरमा अस्ट्रेलियास्थित कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलोजी, क्विन्स्र्फोर्ड कलेज र नर्स ट्रेनिङ अस्ट्रेलिया साथै आइडिपी, व्रिट्रिस काउन्सिल छन् ।

मेलाका प्रायोजकहरुमा निम्स पोखरा, डेल्टा एडुकेयर नेपाल, नमस्ते एजुकेसन इन्स्टिच्युट, थर्ड आइ एजुकेसन, एजुकेसन स्टडी लिंक, एनमार्क एजुकेसन, टार्गेट इन्टर्नेशनल एजुकेसन, एक्सेल पोखरा एजुकेसन, नाइस इन्टर्नेशनल एजुकेसन, पोखरा बर्नहाट एजुकेसनल कन्सल्टेन्सी, नेप्कम्स सर्भिसेस, मिराई इन्टर्नेशनल एजुकेसनल कन्सल्टेन्सी र काठमाडौं इन्फोसिस एजुकेसन छन् । रानीबन आरकेड होटेल पार्टनरमा रहेको छ भने बैंकिङ पार्टनरमा प्रभु बैंक रहेको छ ।

मेलाको शुक्रबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button