एसिया कपका लागि खेलाडी छनोट

पोखरा न्युज –

मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आज २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गर्नुभएको हो ।

छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, प्रकाश केसी, आसिफ शेख, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

त्यसैगरी रवीन्द्रजंग शाही, शाहब आलम, अदिल खान, विक्रमकुमार भुसाल, मिनास थापा, सन्दीप जोरा, रासिद खान, हरि चौहान, सुशान्त सिंह थापा, नारद यादव, भीम सार्की, कमल सिंह ऐरी, सुुमित महर्जन, जीतेन्द्रसिंह ठकुरी, अंकित सुवेदी तथा अभिनाश कर्ण छनोटमा परेका छन् ।

आगामी भदौ २३ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि बन्द प्रशिक्षण भने आगामी भदौ २ गतेदेखि हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button