पोखरामा वाणिज्य इजलास स्थापनामा जोड

पोखरा न्युज –

पोखरा उच्च अदालत बार एशोसिएसनको वार्षिक साधारणसभा तथा मुलुकी ऐन दिवस मनाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रमका वक्ताले पोखरा लयर्स एकेडेमी, वाणिज्य इजलास, साइबर मुद्दा हेर्ने अदालत, बाल न्यायसम्बन्धी इजलास स्थापनाको माग गरे ।

प्रमुख अतिथि नेपाल बार काउन्सिनलका पार्षद् मोहननाथ कोइरालाले पेसामा शुद्धतासहित वकिलको छानबिन हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले सबै कानुन व्यवसायी एक भएर मिलेर हिड्नुपर्ने बताए । उनले नयाँ देवानी र फौजदारी संघीयता लागू हुने क्रममा रहेको पनि उल्लेख गरे । वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले आचारसंहिता लागू गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता निर्मल कार्की, जिल्ला बार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता पदमपाणि देवकोटा, जिल्ला बार एशोसिएसन अध्यक्ष सोमबहादुर श्रेष्ठ, अधिवक्ता दीपेन्द्र अर्याल, जानकी शर्मालगायतले पोखरामा लयर्स एकेडेमी, वाणिज्य इजलास, साइबर मुद्दा हेर्ने अदालत, बाल न्यायसम्बन्धी इजलास स्थापना हुनुपर्नेमा जोड दिए ।

अध्यक्षताको आसनबाट बोल्दै पोखरा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष दयाराम गौतमले कानुन व्यवसायी आचारसंहितामा रहेर स्वच्छ र निष्पक्ष पेसामा लाग्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष दीपकराज बास्तोला र संचालन सचिव शिव वाग्लेले गरेका थिए । उक्त अवसरमा सचिव शिवराज वाग्ले र कोषाध्यक्ष प्रभाष पराजुलीको प्रतिवेदन सर्वसम्मत् पारित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button