विश्वको शिक्षा नेपालमा लागू गर्न सम्मेलन गरिने

पोखरा न्युज –

म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

माइण्ड नेपालले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रियस्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था (एड्भान्सएड)लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथमपटक उच्च माध्यामिक एवं माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतिका लागि आगामी आइतबार काठमाडौँमा सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “उच्च शिक्षाका लागि दिनहुँ विदेशिने युवालाई स्वदेशमा शिक्षा दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ”, अर्यालले भन्नुभयो ।

सम्मेलनमा एड्भान्सएडका प्रमुख कार्यकारी अधिकृत डा एन्नेटे बोह्लिङ, एड्भान्सएडका एशिया–अष्ट्रेलियाका उपाध्यक्ष डा केम हुसैन, एड्भान्स एड एशिया–अष्ट्रेलिया क्षेत्रीय निर्देशक डा एन्ने म्यारी उल्सेलगायतले नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा पुरयाउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

एड्भान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरीय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button