चितवनको जितपुरका बाढी प्रभावित २ सय ५० घर परिवारलाई पोखराको राहत वितरण

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ का बाढी प्रभावित २ सय ५० घर परिवारलाई पोखराका पर्यटन व्यवसायीले राहत वितरण गरेका छन । पोखरा पर्यटन परिषदको अगुवाइमा संकलित खाद्य सामाग्री, त्रिपाल लगायतका राहत सामाग्रीहरु शुक्रबार  तराई क्षेत्रका बाढी प्रभावित क्षेत्रमा पुगेर  वितरण गरिएको परिषदका पुर्व अध्यक्ष तथा प्राकृतिक प्रकोप सहयोग समितिका संयोजक गणेश बहादुर भट्टराईले बताए ।

जितपुरको गोलाघाट, पर्साबजार, वोटेबस्ती, परिवार बस्ती लगायतको बाढी प्रभावितहरुको टोल टोलमा पुगेर उनीहरुलाई तत्काल आवश्यक रहेको खाद्य सामाग्रि वितरण गरिएको भट्टराईले बताए । प्रति घर परिवारलाई २० केजी चामल, दाल तीन केजी, तेल दुई लिटर, नुन २ पोका प्रदान गरिएको संयोजक भट्टराईले बताए । त्यसै गरी १ सय थान व्लाङकेट, १ सय ५० थान कपि कलमको सेट, त्रिपाल ५० थान, मेट्रेस १ सय थान प्रदान गरीएको नाट्टा क्षेत्रिय संघका अध्यक्ष एवं जितपुर रहात वितरण कार्यक्रमका संयोजक डिल्ली प्रसाद गौतमले बताए ।

राहत  वितरण कार्यक्रममा वडा नम्बर २८ का वडा अध्यक्ष आस बहादुर कुमालले पोखरा देखि तराइ क्षेत्रका बाढी प्रभावितलाइ राहत लियर आएकोमा परिषदको टिमलाइ धन्यवाद दिदै आफुहरुको बाढीबाट धेरैको खाद्य सामाग्रि नष्ट भएको गुनासो गरे । सरस्वती माविका बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पवन चापागाईले जितपुर क्षेत्रमा करिब एक हजार ८३ घर परिवार प्रभावित भएको बताए । उनका अनुसार ७५ प्रतिशत जितपुरवासिका खाद्य सामाग्रि बाढीले कुहिएको हो ।

त्यसै गरी परिषदको अन्य तीन टोलीले विभिन्न ठाँउमा रहात वितरण गरेको परिषदका कोषाध्यक्ष रामचन्द्र शर्माल बताए । उनका अनुसार हालसम्म करिब २५ लाख संकलन भएको छ । चितवनको वछ्यौलीमा शनिबार विहान रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङको संयोजकत्वमा रहात वितरण हुदैछ । त्यसै गरी पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा नवलपरासिको सुस्ता क्षेत्रमा रहात वितरण गरिएको परिषदका उपाध्यक्ष भरतराज पराजुलीले बताए । त्यस्तै टेसा पोखराका अध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा चितवनको माणिमा राहत वितरण गरिदैछ ।

यस अघि पोखराबाट पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल, पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, अञ्चल प्रहरी प्रमुख बिष्णुहरी गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले प्रभावितहरुको क्षेत्रमा पुगेर रहात वितरण गर्न सुझाव दिदै राहत वितरण कार्यक्रमको सफलताको कामना गरेका थिए ।

टोलीमा ९ जना पत्रकार सहित करिब ३५ जना सहभागि भएका थिए । टोलीमा पोखरा उद्योग बाणिज्य संघका सदस्य गोमा ढकाल सहितका तीन जना महिला सहभागी भएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button