पोखरामा जुवा खेल्ने ८२ जनाबाट २० लाख बरामद

पोखरा न्युज –

जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो ।

जिप्रका कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले पक्राउ परेकाको साथबाट रु २० लाख ४२ हजार ८१० बरामद गर्नुको साथै उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेबाट शनिबार फेनरागन ७० थान, डाइजापाम ७० थान र बुफ्रिनफ्रिन ७० थान लागुऔषधसहित सोही स्थानका कृष्णबहादुर विक, दिलीप तामाङ र सुनिल विकलाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले जिप्रकाबाट अघि सारिएका अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रण, चोरी, तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा, सुरक्षित एवं अपराधमुक्त जिल्लाको निर्माण जस्ता विभिन्न १५ वटा कार्ययोजनाको पनि सार्वजनिक गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button