पोखरामा घरवास कार्यक्रमको स्तरीकरण र व्यवसायीकरणमा जोड

पोखरा न्युज –

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ), पोखराद्वारा आइतबार आयोजित घरवास कार्यशालामा गाउँ पर्यटनको विकासका लागि घरवास कार्यक्रमको स्तरीकरण एवम् व्यवसायीकरण हुनुपर्नेमा जोड दिइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बढ्दो बजारीकरणको विकास तथा विस्तारसँगै ग्रामिण पर्यटन तर्फ आकर्षण बढ्दै गएको बताउँदै कार्यशाला बक्ताहरूले गाउँ पुग्ने जो कोही पर्यटकलाई राम्रो आतिथ्यता तथा भोजन र आवासको व्यवस्था गर्नु अपरिहार्य भएको बताए ।

कार्यक्रममा राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासु त्रिपाठीले गाउँ पर्यटनको विकासका लागि घरवास कार्यक्रमलाई व्यवस्थित गर्दै समयसापेक्ष स्तरीय बनाउँदै लग्नुपर्ने बताउनुभयो ।

फ्याक्ट्स नेपालका प्रवन्ध निर्देशक मनिष झाले युरोपबाट सुरु भएको घरवास कार्यक्रम नेपालमा पनि क्रमशः विकास हुँदै आएको बताउँदै नेपालमा यसको विकास तथा विस्तारको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले पर्यटन बोर्डले घरवास कार्यक्रमकोे विकास तथा विस्तारका लागि बोर्डले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभये ।

नेपाल पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले घरवास कार्यक्रमकोे प्रभावकारितासँगै यसले समग्र पर्यटनको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) पोखराका अध्यक्ष तारानाथ पहारीले गाउँ पर्यटनको बढ्दै गएको आकर्षणसँगै घरवास कार्यक्रम क्रमशः व्यवसायिक र स्तरीकृत बन्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पत्रकार सन्तोष पोखरेल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, पोखराका महासचिव नवराज अधिकारी, सचिव रवीन्द्रराज पौडेल लगायतले ग्रामिण पर्यटनको विकासमा घरवास कार्यक्रमको विकास तथा विस्तारमा राज्यको उच्च प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

कार्यशालामा पोखरा र आसपासका विभिन्न १६ वटा होम स्टे सञ्चालन स्थलका ५० जना भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

रासस – वासुदेव पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button