छब्बीस तोला सुन चोरी

पोखरा न्युज –

दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि उपचारका लागि गत साउन ३१ गतेदेखि पसल बन्द गरी काठमाडौँ जानुभएका गहतराजले सोमबार पसल खोल्ने क्रममा चोरी भएको थाहा पाएपछि संलग्नको खोजी गरिदिन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले सुनचाँदी पसलमा चोरी भएको जानकारी पाएलगत्तै शंकास्पद व्यक्तिको खोजी शुरु गरेको छ । लामो समयसम्म पसल भन्द भएकाले कुन दिन चोरी भएको समेत यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्णबहादुर विष्टले बताउनुभयो । समुद्रटारस्थित तिलकमान डंगोलका घरमा सञ्चालनमा रहेको पसल साउन ३१ देखि आजसम्म बन्द रहेको छ । ढोकाको छेस्किनी मात्र खोलेर चोरी भएकाले संलग्नको पहिचानमा कठिन भएको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button