पोखरामा गिद्धका फोटो प्रदर्शनीको तयारी

पोखरा न्युज –
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरामा गिद्धका फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने भएको छ । ९ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा पंछी समाजको आयोजनामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धका फोटो प्रदर्शनी, गिद्ध सम्वन्धी बिद्यालय स्तयरिय चित्रकला प्रतियोगिता र गिद्ध संरक्षण यात्रा गरि मनाइने भएको हो ।

एक हप्ता सम्म मनाइने गिद्ध सचेतना कार्यक्रम अन्तर्गत शनिवार ड्यामसाइड् स्थित नेपाल पर्यटन बोड्मा फोटो प्रदर्शनी र माध्यामिक बिद्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना हुने पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमीरेले बताए । बिद्यार्थीहरुलाई गिद्धको महत्व र संरक्षणमा सहभागीता जनाउने उद्देश्यले फोटो प्रदर्शनी र चित्रकला प्रतियोगिताको अयोजना गरिएको पोखरा पंछि समाजका सचिव हेमन्त ढकालले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिका एक अभिन्न अंग गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि गिद्धको संरक्षणमा जनसहभागीता जुटाउन सन् २००९ देखि अन्तर्राट्रिय गिद्ध सचेतना दिवस मनाउन थालीएको हो । नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दर्शकमा गिद्धको संख्या ९० प्रतिशत भन्दा बढिले घटेको पाइएको छ । सिनो खाएर हैजा, झाडा, रेवीज रोग फैलन नदिन महत्वपूर्ण भूमीका खेल्ने गिद्धलाई प्रकृतिको कुचिकार समेत भनिन्छ ।

गिद्ध विनासको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । यो औषधी प्रयोग गरि उपचार गराइएका पशुहरु उपचारको क्रममा मृत्यु भए र गिद्धले खाएमा मृगौलाले काम गर्न छोडी केहि दिननमै गिद्धहरु मर्ने गर्दछन् । यही औषधीको प्रयोगको कारण दक्षिण एशियामा ठुलो संख्यामा गिद्ध मरेको बिज्ञहरु बताउँछन् । नेपाल सरकार, औषधी व्यवस्था विभागले यस औषधीलाई २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिवन्ध लगाई त्यसको बिकल्पमा गिद्ध लगाएत अरु पंछि र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सियाम औषधी बजारमा ल्याई प्रयोग हुँदै आएको छ ।

विश्वमा २३ प्रजातीका गिद्ध पाईन्छन् । दक्षिण एशियामा पाइने सबै ९ प्रजातीका गिद्ध नेपालमा पाईन्छन् । नेपालमा पाइने डंगर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध अपतनै संकटमा परेका गिद्धहरु हुन् । गिद्ध संरक्षणकालागि गिद्धलाई सुद्ध आहारा उपलब्ध गराउन गिद्धकालागि रेष्टुरेण्ट पनि संचालनमा छन् । कास्कीको घाचोकमा पनि जटायु रेष्टुरेण्ट संचालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button