राजधानीकै विद्यालय बाढीले डुब्यो

पोखरा न्युज –

बाढीका कारण राजधानी काठमाडौँकै एक सामुदायिक विद्यालय डुबानमा परेपछि अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राम्रो नतिजा ल्याउनेमध्येको एक सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालय (बाफल) यही भदौ १४ गते रातिको वर्षासँगै नजिकैको मनमति खोलाको बाढी पसेर पाँच फिटसम्म डुबानमा परेको हो ।

शिशु कक्षादेखि १२ सम्म कुल दुई हजार २०० विद्यार्थी र ७६ जना शिक्षक रहेको सो विद्यालयको पूर्व र उत्तरतर्फबाट मनमति खोला पस्दा करिब रु ५५ लाख बराबरको क्षति भएको प्रधानाध्यापक नातिकाजी महर्जनले जानकारी दिनुभयो । “सोच्नै नसकिने गरी विक्षिप्त स्थिति बनेको छ, उद्धारका लागि सम्बन्धित निकायमा गुहार मागिएको छ तर पर्याप्त सहयोग पाइएको छैन”– उहाँले भन्नुभयो, “जतिखेर पनि विद्यालयमा बस्न मन पराउने हामीलाई अहिले पस्नै मन नलाग्ने बनाइदिएको छ ।”

विद्यालयमा बिहीबार र शुक्रबार पढाइ पूर्णतः बन्द भएको छ भने हिलो पन्छ्याउन कठिन भएकाले अझै केही दिनपछि मात्र विद्यालय खुल्न सक्ने देखिएको छ ।

तराई–मधेशमा आएको बाढीका कारण पूर्ण क्षति भएका विद्यालय पुनः निर्माणका लागि करि रु एक अर्ब र तत्काल राहतका लागि रु ४० करोड आवश्यक पर्ने देखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button