‘गोर्खे’मा यसरी रोए भंगेरी डन (हेर्नुहोस् म्युजिक भिडियो)

पोखरा न्युज ।

सुरङ्गना फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘गोर्खेः कथा गोर्खेको’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले बिशुद्ध गाउँको कथाब्यथा बोकेको छ । आर.सी. रिमालको स्वर, पटना राई र निम्रोत राईको संगीतमा रहेको गीतमा निम्रोत राईको शब्दरचना रहेको छ । गीतमा शाह शाक्यको एरेन्जमेन्ट रहेको छ ।

गीतमा ‘भंगेरी डन’को रुपमा परिचित ए गुरुङलाई फिचरिङ गरिएको छ । छिट्टै नै प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई एस.पि. आचार्यले निर्देशन गरेका छन् । हरी लामाको लगानीमा बनेको चलचित्रको कथा नविन गुरुङले लेखेका हुन् भने पटकथा तथा संबाद राजु तामाङले तयार पारेको हुन् । क्राईसिस ज्याकको सिनेम्याटोग्राफीमा बनेको चलचित्रमा ए गुरुङको अलावा, बुद्ध तामाङ, मन तामाङ, भुवन तामाङ, चीजमाया घले, बुलेट तामाङ, ज्योती योञ्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button