पोखरामा आज ४ घण्टा विद्युत अवरुद्ध हुने, यि ठाउमा जादैछ विद्युत

धन बस्नेत,  पोखरा न्युज  ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आज  चार  घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ ।

छठ पर्वको दिन आज  प्राधिकरणले विद्युतको  नियमित मर्मत सम्भार गर्ने जनाउदै  तीन वटा फिडरमा विद्युत आपूर्ति बन्द रहने बताएको छ । प्राधिकरणका अनुसार विहान ८  बजेदेखि १२ बजेसम्म बैदाम, एयरपोर्ट र सराङकोट फिडरको विद्युत आपूर्ति बन्द हुनेछ ।

विजुलीको तारमा अड्किएका र अडकिने सम्भावना रहेका रुखका हाँगाविगा काट्ने तथा कन्डक्टर अपग्रेड गर्न लागेकोले ती स्थानमा विद्युत आपूर्ति बन्द रहने प्राधिकरणका सूचना अधिकारी सुरेन्द्र शर्माले पोखरा न्युजलाई बताए । ‘सिर्जनाचोक अवस्थित ठुलो रुखले तार छोएकाले रुखको हाँगा काट्न तथा  कन्डक्टर अपग्रेड गर्नको लागि विद्युत अवरुद्ध गर्नु परेको हो, मर्मत छिटो सकिए विद्युत आपूर्ति छिटो शुरु हुन्छ’, शर्माले भने ।

लोडसेडिङ हटेपछि पोखरामा दिवा समयामा यति लामो समय विद्युत आपूर्ति बन्द भएको थिएन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button