पोखराको नदिपुरका श्रद्धेय भिक्षु धज्जवन्तोद्वारा कथिन चिवरदान

पोखरा न्युज ।

धर्मशीला बुद्ध बिहार नदिपुरका श्रद्धेय भिक्षु धज्जवन्तोले भिक्षु सघँलाई कथिन चिवर (गेरुवा बस्त्र) दान गरेका छन ।

धर्मशीला बुद्ध बिहारमा बर्षावास अधिष्ठान पूर्ण गरेको उपलक्ष्यमा बुद्ध धर्म अनुसार श्रद्धेय भिक्षु धज्जवन्तो तथा कथिन चिवरदाता म्यानमारका डा. सुईट स्यान्ड्राले कार्यक्रमका प्रमुख अतिथि समेत रहेका म्यानमारकै बरिष्ठ भिक्षु पान्दबम्स लगायत मित्रराष्ट्रका भिक्षुहरुलाई हस्तान्तरण गरी कथिन चिवरदान गरेका हुन ।

तिन महिना समय अबधी भर एकै स्थानमा बसेर अध्ययन, अध्यापन, पूजा पाठ तथा आध्यात्मिक ध्यान पूर्ण गरे पश्चात मात्र सोही बिहारलाई कथिन चिरवदान गर्न पाउने बुद्ध धर्मको प्राबधान रहेको छ ।

भिक्षु धज्जवन्तोले श्रीलङ्कामा अध्ययन गरे पश्चात बर्षावास अधिष्ठानका लागी धर्मशीला बुद्ध बिहार नदिपुरमा आएका थिए ।

उनले गत असारको पूर्णिमा देखी असोजको पूर्णिमा सम्म तिन महिनाको अबधी पार गर्दै पोखराको नदिपुर स्थित रहेको धर्मशीला बुद्ध बिहारबाट बर्षावास अधिष्ठान पूर्ण गरेका हुन ।

कार्यक्रममा दान गरीएको चिवर तथा अष्टपरिकारलाई धर्म सँघ बुद्ध बिहार बिन्दबासिनीबाट शोभायात्रा सुरु गरे सँगै धर्मशीला बुद्ध बिहारमा ल्याईएको थियो ।

सोही क्रममा औपचारीक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका म्यानमारका बरिष्ठ भिक्षु पान्दबम्सले धर्मशीला बुद्ध बिहारको नया धम्महलको बुद्ध धर्म अनुसार पूजा गरी बिधीगत समुद्घाटन गरे ।

उद्घाटन गर्दै पान्दबम्सले जो कसैले पनि कथिन चिवरदान गर्न नसक्ने बताए । साथै भगवान गौतम बुद्धले आध्यात्मिक ध्यान गरे पश्चात भिक्षु तथा भिक्षुणीहरुले लगाउने बश्त्रको रुपमा कथिन चिवर (गेरुवा बस्त्र) दान दिईने चलनको थालनी भएको बताए ।

त्यसैगरी कार्यत्रमका बिशेष अतिथि रहेका लुम्बिनी बिकास कोषका निबर्तमान उपाध्यक्ष भिक्षु निग्रोध महास्थविरले भगवान गौतम बुद्धको दिएका उपदेशलाई प्रस्तुत गरे । महास्थविरले भगवान गौतम बुद्धले दिएका दर्शनहरु अत्यन्तै जिबन उपयोगी रहेको बताउदै बौद्ध धर्मावलम्बीहरुले मात्र नभएर अन्य धर्मावलम्बी तथा ब्यक्तिहरुले पनि बुद्धको दर्शनलाई अबलम्वन गर्न सक्ने बताए ।

धर्मशीला बुद्ध बिहार दायक सभाका अध्यक्ष कृष्ण मान गुभाजुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भिक्षु जनकले गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button