पोखरामा नदिपुर कप पुसको अन्तिम साता हुने

पोखरा न्युज ।

नदिपुर फुटबल क्लवको आयोजनामा पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

नदिपुर क्लवले बर्षेनी आयोजना गर्दै आएको नदिपुर कप यस वर्ष देखि क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललित पुनको स्मृतिमा प्रतियोगिता हुन लागेको हो ।

आगामी पुषको २४ देखि २९ गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण खेलमैदानमा पाचौ सस्करणको नदिपुर कपको आयोजना हुने नदिपुर फुटबल क्लवका अध्यक्ष शिव पौडेलले जानकारी दिए । प्रतियोगितामा बिजेताले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्त गर्नेछन ।

त्यसैगरी प्रतियाेिगतामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरले मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता सयोजक निशान शेरचनले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक नदिपुर जापान, उप प्रायोजक नदिपुर साउदी रहेको क्लवका कोषाध्यक्ष अमन पुनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button