पोखरा बसपार्कलाई व्यबस्थित पार्न ग्रावेलिङ गरी सम्माउन सुरु

पोखरा न्युज ।

पोखरामा अस्त व्यस्त ढंगबाट बसहरु छुट्ने गरेकोमा  अब देखि पोखरा बसपार्कबाटै लामो दुरीका बसहरु छुटने भएका छन।

बसपार्कमा रहेका खाल्टाखुल्टी पुर्न र व्यबस्थित पार्न बसपार्कमा ग्रावेलिङ गरी सम्माउने काम भईरहेको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

करिब ५ लाखको बजेटमा हुन लागेको उक्त कार्य पोखरा लेखनाथ महानगरपालिकाको ८० प्रतिशत र २० प्रतिशत क्लवको आर्थिक सहयोगमा उक्त बस पार्क सम्माउने काम भएको होे ।

बसपार्कमा सम्माउने काम केहि दिन देखि भई रहेको हो ।

तष्विरः सुर्दशन रञ्जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button