नेपाली सेनाद्वारा मोरङमा बम निष्क्रिय

मोरङमा आज बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ ।

केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद गरिएका ती सबै विस्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले निस्तेज पारेको छ ।

त्यस्तै, आज मध्याह्न विराटनगरस्थित मुख्य सडकमा रातो कपडाले बेरिएको शङ्कास्पद वस्तु देखिएको छ ।

हाम्रो अस्पताल नजिकै सडकको पेटीमा भेटिएको त्यो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम निष्क्रिय टोली निस्तेज गर्ने तयारीमा जुटेका छन् । सो स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button