दुई हजार ४१० स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणअन्तर्गत मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० वटा मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अन्य बाँकी ४६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको र आज अपराह्न ४ बजेसम्म १५ जिल्लाका सबै मतपेटिका आइसकेको उहाँले जानकारी दिनुभयो ।

आयोगका अनुसार मंगलबार साँझसम्ममा बाँकी मतपेटिका जिल्ला सदरमुकाममा आइसक्ने छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button