हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने प्रतिबद्धता

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा उहाँले लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने तथा टोखालाई ऐतिहासिक र साँस्कृतिक नगरीका रूपमा विकास गरिने बताउनुभयो ।

भग्नावशेषमा परिणतमा भएको पञ्चधाराको पुनःनिर्माण गरिने पनि उहाँले बताउनुभयो । घरदैलोमा प्रदेशसभा (क) का उम्मेदवार नारायण सिलवाललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button