वायु प्रदूषणको समस्या न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो

दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रमा वायु प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याइएको छ ।

जनसंख्या तथा वातावरण मन्त्रालय र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड) को आयोजनामा यहाँ भएको दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, जलवायु र जनस्वास्थ्यसम्बन्धी कार्यशालामा वायु प्रदूषणबाट कृषि, जलस्रोत र आयआर्जनमा परेको प्रत्यक्ष असरबाट लाखौ मानिस प्रभावित भएको बताइयो ।

सन् १९९८ मा दक्षिण एसियामा वायु प्रदूषण र अन्र्तदेशीय प्रभाव नियन्त्रण र रोकथामसम्बन्धी माले घोषणा कार्यान्वयन गर्न सकिएमा यस क्षेत्रमा वायु प्रदूषणले निम्त्याएको असर न्यून गर्न सकिने वक्ताहरुले जोड दिए ।

सम्मेलनमा मन्त्रालयका सचिव प्रकाश माथेमा र इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले वायु प्रदूषण एक देशको मात्र नभई यस क्षेत्रका सबै देशको साझा समस्या भएकाले यसको रोकथाम र न्यूनीकरणका लागि सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रका करिब सयजना बैज्ञानिक एवम् नीतिनिर्माताको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button