रुकुम पूर्वका दुवै प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार विजयी

रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी हुनुभएको हो ।

विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिनुभयो ।

यस्तै, प्रदेशसभा क्षेत्र नं (ख)मा पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी नेकाका दत्तबहादुर बस्नेतलाई दुई हजार ७०५ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती विजयी हुनुभएको उहाँले बताउनुभयो ।

विजयी घर्तीले पाँच हजार ८१६ मत प्राप्त गर्दा बस्नेतले तीन हजार १११ मत प्राप्त गर्नुभएको थियो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ ।
यसअघि, यहाँबाट प्रतिनिधिसभा सदस्यमा बाम उम्मेदवार कमला रोका विजयी भइसक्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button