तीन ठूला शक्ति मध्ये दुई शक्ति एकैठाउँमा उभिदा अर्को शक्ति कमजोर देखिनु सामान्य

नेपालको ऐतिहासिक संविधानसभाबाट प्राप्त लोकतन्त्र र गणतन्त्र संस्थागत गराउन र संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि नेपाली काङ्ग्रेसको नेतृत्वमा गठित शेरबहादुर देउवाको सरकारले तोकिएको समयसीमा भित्रै ३ वटै तहका निर्वाचनहरु शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सफल भएको छ ।

तीन वटा ठूला शक्ति मध्ये कुनै दुईवटा शक्ति एकैठाउँमा उभिदा अर्को शक्ति कमजोर देखिनु सामान्य र प्राकृतिक कुरा हो ।

मोतिराज तिमिल्सिना – लेखक

एमालेका नेता केपी ओलीले निर्वाचन हुनुभन्दा केही दिन अगाडि मात्र प्र.म. देउवालाई चुनाव नगराउने षडयन्त्र गरेको भनेर आरोप लगाइरहँदा नेपाली काङ्ग्रेसका सभापती समेत रहनुभएका देउवाले दलगत राजनीतिको स्वार्थ भन्दा माथि उठेर देश र जनताको पक्षमा गर्नुभएको महत्वपूर्ण योगदान र त्यागको उच्च प्रशंसा गर्नुपर्दछ । कुनै पनि चुनावमा हारजित हुनु स्वभावीक र सामान्य कुरा हो । नेपाली जनताले नेपाली काङ्ग्रेसलाई अहिले पनि सम्मानजनक मत दिएका छन् भन्ने कुरा समानुपातिक तर्फको मत परिणामले पनि प्रष्ट पारेको छ । आज नेपाली काङ्ग्रेसले आफु हारेर पनि देशलाई जिताएको छ ।

तीन वटा ठूला शक्ति मध्ये कुनै दुईवटा शक्ति एकैठाउँमा उभिदा अर्को शक्ति कमजोर देखिनु सामान्य र प्राकृतिक कुरा हो । यस्तो असहज परिस्थितिमा पनि ठूलो हिम्मत र शाहसका साथ राजनीतिक मुद्धाहरुलाई संस्थागत गर्नका निमित्त नेपाली काङ्ग्रेसले आफूलाई Danger Zone मा राखेको कुरा साँचो हो ।

देउवा नेतृत्वले पार्टी सञ्चालन र टिकट बाँडफाँडको क्रममा केही कमजोरीहरु गरेको पक्कै पनि हो । अबका दिनमा विगतका कमि कमजोरीहरुलाई सच्च्याएर पार्टी पङ्तिलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढ्नु पर्ने अवस्था आएको छ । अहिलेको चुनावी परिणामप्रति आश्चर्य मान्नु पर्ने र दिग्भ्रमित हुनुपर्ने कुरा केही पनि छैन । बरु यो अवस्थालाई अवसरको रुपमा लिएर बाम गठबन्धन विरुद्ध पार्टीलाई एकढिक्का बनाएर अन्य लोकतान्त्रीक पार्टी समेतलाई समेटि अगाडि बढ्न सकेमा नेपाली काङ्ग्रेस ठूलो लोकतान्त्रीक शक्तिको रुपमा स्थापित हुन सक्ने कुरामा दुईमत छैन ।

चुनावी परिणामले नेपाली काङ्ग्रेसलाई अबको ५ वर्ष पार्टी सुदृढिकरण र लोकतान्त्रीक शक्तिको विकास गर्नको लागि छुट्टी दिएको छ

इतिहासको यो महत्वपूर्ण कालखण्डमा लोकतन्त्रको पहरेदार नेपाली काङ्ग्रेसले देशका ठूला ठूला राजनीतिक मुद्धाहरुलाई संस्थागत गर्ने जिम्मेवारी र अभिभारा पुरा गरिसकेको छ र अब मुलुकलाई विकासको ट्रयाक ल्याएर छोडेको छ । अब बन्ने सरकारले अन्य राजनीतिक मुद्धाहरुमा अल्झिनुपर्ने अवस्था छैन, मात्र देश विकासका योजनाहरुलाई अगाडि बढाए पुग्छ । अहिलेको चुनावी परिणामले नेपाली काङ्ग्रेसलाई अबको ५ वर्ष पार्टी सुदृढिकरण र लोकतान्त्रीक शक्तिको विकास गर्नको लागि छुट्टी दिएको छ त्यसैले यो महत्वपूर्ण समयको भरपुर सदुपयोग गर्न जरुरी छ, यसैमा सबैको कल्याण हुन्छ । जयनेपाल !

लेखक, पोखरा लेखनाथ- २५ हेम्जा निवासी हुन् 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button