पोखरामा मंगलबार दुर्घटना हुँदा सख्त घाइते भएकी महिलाको मृत्यु

पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा सख्त घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल सो वडाको मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दुर्घटनामा घाइते मोटरसाइकल चालक उनका श्रीमान् शुक तामाङको हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button