पोखराकी सपनाद्धारा आफै पढेको विद्यालयलाई सहयोग

पोखराको बास्तोलाथरस्थित सपना आयुर्वेद अस्पताल प्रा.लि.की सञ्चालिका सपना रानाले आफै पढेको स्कूललाई सहयोग गरेकी छन्।

स्याङ्जा जिल्लाको तारले बिरुवास्थित चैतन्य भवानी आधारभूत विद्यालयकी भूतपूर्व विद्यार्थी रानाले बिद्यालयको लागि ५१ हजार १ सय नगद सहयोग गरेकी हुन्।

लायन्स क्लब अफ पोखरा सप्तगण्डकीद्धारा बुधबार पोखरामा आयोजित कार्यक्रममा तारले जागरुक युवा अभियानका संयोजक मोहनचन्द्र रानालाई सहयोग रकम हस्तान्तरण गरिएको हो। लायन्स क्लब अफ ३२५ बी वानका डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन धनराज आचार्य र सहयोगदाता रानाले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन्। राना लायन्स क्लब अफ सप्तगण्डकीकी द्धितिय उपाध्यक्षसमेत हुन्।

स्याङ्जा बिरुवा गाउँपालिका–८, तारलेस्थित उक्त विद्यालयमा रानाले आधारभूत शिक्षा लिएकी हुन्। हाल, उक्त विद्यालयमा विद्यार्थी कम भएका कारण विद्यालय नै धरासायी अवस्थामा पुगेकोले गुणस्तरिय शिक्षाका लागि विद्यालयका भूतपूर्व विद्यार्थीहरुले चैतन्य भवानी विद्यालय बचाउ अभियान चलाएका छन्।

गुणस्तरिय शिक्षामार्फत विद्यालयलाई पुनर्जिवित गर्ने भूतपूर्व विद्यार्थीहरुको उद्देश्य रहेको रानाले उल्लेख गरिन्। हाल २० जना भूतपूर्व विद्यार्थीहरुले अभियान शुरु गरेको रानाले बताइन्। ‘आफूले क, ख, ग, पढेको विद्यालयको भविष्यका लागि हामी भूतपूर्व विद्यार्थीहरुले विद्यालय बचाउन अभियान चलाएका छौ,ं रानाले भनिन्, ‘ हाम्रो उद्देश्यलाई हामी पूरा गरेरै छाड्छौं।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button