अब बुद्ध एयरबाट पोखरादेखि नेपालगन्ज सिधा हवाई उडान

पोखरा न्युज  २४, माघ । 

नेपाली नयाँ बर्षको अवसरमा बुद्ध एयरले पोखरा देखि नेपालगन्जसम्मको सिधा हवाई उडान गर्ने भएको छ । वैशाख १ गते देखि दैनिक पोखरा देखि नेपालगन्जसम्मको सिधा हवाई उडान गर्ने भएको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।

हवाई उडानको क्षेत्रमा अन्य कम्पनि भन्दा फरक ढंगले प्रस्तु्त भएको बुद्ध एयरले सुरुमा १८ सिटे सानो जहाजबाट हवाई उडान गर्ने भएको बरालले जनाए । कम्तिमा ४० मिनेटको उडान हुने भएको छ भने यात्रुको माग बढेमा ४७ हुदै ७२ सिटेसम्मका जहाज संचालन गर्न सकिने स्टेशन म्यानेजर बरालले जनाए । पोखरा काठमाण्डौं, पोखरा भरतपुर, पोखरा भैरहवा उडान गर्दै आएको बुद्ध एयरले दिउसो करिब २ देखि ३ बजे तिर उडान गर्ने तयारी गरेको हो । उडान शुल्कः हाल निर्धारण नभएको बरालले जनाए। पछिल्लो हप्ता १० दिन देखि मौसममा आएको खराबीको कारण र काठमाण्डौंमा भएको हवाई ट्राफिकले गर्दा केहि प्रभावित भएको त केहि डिले हुने स्टेशन म्यानेजर बरालले जनाए।
उनले पोखरा न्युज संग भने “ आकाशमा कुहिरो, धुलो र धुवाले गर्दा बिहान राम्रोसंग आकास खुल्न सकेको छैंन, जसले गर्दा केहि फ्लाईटहरु डिले हुने गरेका छन ।”

बुद्ध एयरले धनगढी र भद्रपुरमा समेत सिधा हवाई उडान गर्ने तयारी गरेको स्टेशन म्यानेजर बरालले जनाए । बुद्ध एयरले मौसम खुलेको समयमा माउन्टेन फ्लाईट समेत गर्ने गरेको बरालले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button