तनहुँमा चितुवाले बालक खाएपछि पीडितको परिवारलाई राहत

पोखरा न्युज – ०७ फागुन ।

तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ ।

पीडितको परिवारलाई शनिवार रु ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए । तत्काललाई किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको हो, उनले भने । जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले पीडितको घरमै पुगेर उक्त राहत रकम दिएका हुन् ।

जनावरको आक्रमणबाट मानिसको मृत्यु भएमा बढीमा रु १० लाख राहत रकम दिने कानूनी व्यवस्था छ । बालकलाई खाने जनावर नरभक्षी बाघ नभएर जंगलमै पाइने चितुवा भएको अनुमान गरिएको छ ।

चितुवाको बच्चा रहेको ठाउँ वरिपरि बालक हिँडडुल गरेकाले खाएको हुनसक्ने वन कार्यालयका कर्मचारीले बताए ।

सो घटना भएलगत्तै काठमाडौँको चिडियाखानाबाट आएको टोलीले दुई दिनसम्म उक्त जंगलमा चितुवालाई नियन्त्रणमा लिन सर्च गरेपनि फेला नपरेपछि त्यसै फर्केको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button