तनहुँमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु

पोखरा न्युज , १५ फागुन । 

तनहुँमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका–१ गल्फुबेशीमा  ज्ञान गंगा बोडिङ स्कुलको ग १ क १७१८ नं.को बसले ठक्कर दिदाँ  पैदलयात्री ९५ वर्षीय विष्णुमाया पन्थको मृत्यु भएको हो । मंगलबार दिउसो करिब ४ बजेको समयमा गल्फुबेशीमा विद्यार्थी छोड्दै भादगाउँ तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा पन्थकोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button