पोखरा लगायत गण्डकीको सडकमा २० बर्ष पुराना गाडी भेटिए जफत गरिने

स्वरोजगार चालक बेरोजगार भएको गुनासो
डीएनबी, पोखरा न्युज – ३० फागुन ।

एक गते  देखि २० बर्ष पुराना गाडीहरु सडकमा संचालन भएको भेटिएमा जफत गरी लिलाम गर्ने  तयारी भएको  गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराले जनाएको छ ।

चैत्र एक गते  देखि २० बर्ष पुराना सार्वजनिक सवारी साधनहरु संचालन गर्न नदिने सरकारको निणर्यमा यस क्षेत्रका अधिकाशं व्यवसायीहरु गम्भिर भएका छैनन। गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखरामा लगत राखिएको २० बर्ष पुराना सवारी साधनहरु मध्ये हालसम्म ९ प्रतिशतले पनि लगत कट्टा गरेका छैनन । गण्डकी क्षेत्रमा १ हजार ६ सय ४६ वटा सवारी साधन २० वर्ष पुराना रहेका छन। जस मध्ये हालसम्म ८.९३ प्रतिशत अर्थात १ सय ४७ वटा सवारी साधनको मात्र लगत कट्टा गरिएको छ ।

९१ प्रतिशत अर्थात १ हजार ४ सय ९९ वटा सवारी साधनको गण्डकी क्षेत्रमा लगत कट्टा गर्न बाँकी रहेको गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख अच्युतराज रेग्मीले पोखरा न्युजलाई बताए । २० बर्ष पुराना गाडीहरु सडकमा संचालन भएको भेटिएमा जफत गरी लिलामसम्म गर्ने आफुहरुले तयारी गरेको उनले बताए।

२० बर्ष पुराना सवारी साधन यस क्षेत्रबाट विस्तावित गर्नको लागि सवारी धनिहरुले बुधबार फागुन ३० गते ५५ वटा सवारी साधनको लगत कट्टा गरिएको सुचना अधिकृत डिवि चन्दले पोखरा न्युजलाई दिए । उनका अनुसार पुष २८ गते देखि मंगलबारसम्म ८२ वटा सवारी सधानको लगत कट्टा गरिएको थियो । पर्यटक सवारी साधन, पावर टेलर, ट्रकहर लगत कट्टा गर्न न्यून सङख्यामा आएको उनले बताए ।

गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा एक लाख ६३ हजार जसो सवारी साधनहरु हालसम्म दर्ता भएकाछन । सार्वजनिक सवारी साधनको सङख्या करिब १७ हजार रहेको प्रमुख रेग्मीले जनाए ।

नेपाल सरकारको निती निर्देशन अनुसार भोलि चैत्र एक गते देखि कुनै पनि सार्वजनिक सवारी साधनहरु सडकमा संचालन भएको खण्डमा आफुहरुले नियम अनुसार कारवाही गर्ने प्रमुख रेग्मीले बताए । विहिबार देखि आफुहरु अनुगमनमा निस्कने भएको उनले जनाए । २०७२ चैत्र १ गतेको मन्त्री परिषद्को निर्णय वाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यान्वयन गर्न आफ्नो क्षेत्रबाट आफुहरु तयारी अबस्थामा रहेको अच्युत रेग्मीले जनाए । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने भएको हो ।

यस बिषयमा पोखराका केहि व्यवसायीहरुले आफ्नो व्यवसाय नै गुम्ने अबस्थामा पुगेको गुनासो गरेका छन। हुकुम बहादुर गुरुङ, दिनेश कुमार बौद्धचार्य, कृष्ण विक लगायतका व्यवसायीहरुले आफुहरुले हाल बिष बर्ष पुरानो ट्याक्सी संचालन गर्देै आए पनि त्यसैबाटै आफुहरु स्वरोजगार चालक भएको बताए ।

हुकुमले ५७ साल देखि ट्याक्सी चलाउदै आएका हुन भने हाल अर्को ट्याक्सि किन्न नसक्ने भए पछि सडकमा झर्नु परेको गुनासो गरे । दिनेशले १ बर्ष अघि मात्र ६ लाखमा ऋण धन गरी ट्याक्सि किनेर स्वरोजगार चालक भए पनि हाल पुनः नयाँ टयाक्सी किन्न नसक्ने भए पछि हाल वेरोजगार भएको बताए।

कृष्णले टोयटा (पहाडको राजा) गाडी चलाउदै गाँउ गाँउमा सेवा दिदै आएको भए पनि हाल बेरोजगार भएसंगै अब विदेश जाने मनस्थिती बनाएकाछन। तिनै जना यातयात कार्यालयमा लगत कट्टा गर्न बुधबार पुगेका थिए ।

यसैबिच पोखरा एक पर्यटन वयवसायी श्याम लामिछानेले आफुहरुले लाखौं लगानी गरेर हाल संचालन गरेको पर्यटक गाडी(ल्याण्ड क्रुज) नेपालमा अब संचालन नर्ग नपानु व्यवसायीहरु माथि ठुलो खेलवाड भएको गुनासो गरे । उनले भने “ २० बर्ष पुराना सवारी साधनहरु ह्टाउने निणयमा गाडीको अबस्था हेरी गाडीको प्राविधिक हिसावले संचालन हुन सक्ने अबस्था भए संचालन गर्न दिए हुन्छ, हाम्रो करोडौं रुपैया लैजाने भारतिय खेल पनि हुन सक्छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button