आज देखि पोखरा लगायत देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने, गुडेमा जफत

पोखरा न्युज, चैत्र १ ।

आज देखि पोखरा लगायत देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने भएका छन् । सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएपछी अब त्यस्ता गाडी संचालन गरेमा जफत समेत हुने भएका हुन् ।

२०७२ चैत्र १ गतेको मन्त्री परिषद्को निर्णय वाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णय भएको थियो । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने जानकारी दिए  । २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उनले बताए  ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् ।

यता पोखरा लगायत गण्डकी क्षेत्रमा पनि एक आज  देखि २० बर्ष पुराना गाडीहरु सडकमा संचालन भएको भेटिएमा जफत गरी लिलाम गर्ने तयारी भएको गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराले जनाएको छ ।

चैत्र एक गते देखि २० बर्ष पुराना सार्वजनिक सवारी साधनहरु संचालन गर्न नदिने सरकारको निणर्यमा यस क्षेत्रका अधिकाशं व्यवसायीहरु पनि गम्भिर भएका छैनन। गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखरामा लगत राखिएको २० बर्ष पुराना सवारी साधनहरु मध्ये हालसम्म ९ प्रतिशतले पनि लगत कट्टा गरेका छैनन । गण्डकी क्षेत्रमा १ हजार ६ सय ४६ वटा सवारी साधन २० वर्ष पुराना रहेका छन। जस मध्ये हालसम्म ८.९३ प्रतिशत अर्थात १ सय ४७ वटा सवारी साधनको मात्र लगत कट्टा गरिएको छ ।

९१ प्रतिशत अर्थात १ हजार ४ सय ९९ वटा सवारी साधनको गण्डकी क्षेत्रमा लगत कट्टा गर्न बाँकी रहेको गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख अच्युतराज रेग्मीले पोखरा न्युजलाई बताए । २० बर्ष पुराना गाडीहरु सडकमा संचालन भएको भेटिएमा जफत गरी लिलामसम्म गर्ने आफुहरुले तयारी गरेको उनले बताए।

२० बर्ष पुराना सवारी साधन यस क्षेत्रबाट विस्तावित गर्नको लागि सवारी धनिहरुले बुधबार फागुन ३० गते ५५ वटा सवारी साधनको लगत कट्टा गरिएको सुचना अधिकृत डिवि चन्दले पोखरा न्युजलाई दिए । उनका अनुसार पुष २८ गते देखि मंगलबारसम्म ८२ वटा सवारी सधानको लगत कट्टा गरिएको थियो । पर्यटक सवारी साधन, पावर टेलर, ट्रकहर लगत कट्टा गर्न न्यून सङख्यामा आएको उनले बताए ।

गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा एक लाख ६३ हजार जसो सवारी साधनहरु हालसम्म दर्ता भएका छन । सार्वजनिक सवारी साधनको सङख्या करिब १७ हजार रहेको प्रमुख रेग्मीले जनाए ।

नेपाल सरकारको निती निर्देशन अनुसार भोलि चैत्र एक गते देखि कुनै पनि सार्वजनिक सवारी साधनहरु सडकमा संचालन भएको खण्डमा आफुहरुले नियम अनुसार कारवाही गर्ने प्रमुख रेग्मीले बताए । विहिबार देखि आफुहरु अनुगमनमा निस्कने भएको उनले जनाए । २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यान्वयन गर्न आफ्नो क्षेत्रबाट आफुहरु तयारी अबस्थामा रहेको अच्युत रेग्मीले जनाए । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने भएको हो ।

यसैबिच पोखरा एक पर्यटन वयवसायी श्याम लामिछानेले आफुहरुले लाखौं लगानी गरेर हाल संचालन गरेको पर्यटक गाडी(ल्याण्ड क्रुज) नेपालमा अब संचालन नर्ग नपानु व्यवसायीहरु माथि ठुलो खेलवाड भएको गुनासो गरे । उनले भने “ २० बर्ष पुराना सवारी साधनहरु ह्टाउने निणयमा गाडीको अबस्था हेरी गाडीको प्राविधिक हिसावले संचालन हुन सक्ने अबस्था भए संचालन गर्न दिए हुन्छ, हाम्रो करोडौं रुपैया लैजाने भारतिय खेल पनि हुन सक्छ । ”

यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ ।

मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो ।

यातायात व्यवस्था  विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले जानकारी दिए  ।

हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button